सहमत भएनन् स्थानीय बासिन्दा सेती आयोजनामा अगजनी

दीपक ओली/बझाङ चैनपुर, असोज २५ गते ।

नेपालकै सबैभन्दा ठूलो बहुचर्चित पश्चिम सेती जलविद्युत आयोजनाको सूचना तथा सर्म्पर्क कार्यालयमा प्रभावित क्षेत्रका स्थानीयबासीले आगजनी गर्नुका साथै परियोजनाको भौतिक सामग्री आफ्नो नियन्त्रणमा लिएका छन् । नेपाल सरकार र आयोजना निर्माण गर्ने अष्टूेलियाली कम्पनी स्मेक बीच भएका सबैखाले सम्झौताहरु राष्टू तथा जनताको हक हितविपरित भएका र डुबानमा पर्ने क्षेत्रका जनताको कुनै वास्ता नगरी एकलौटी रुपमा धमाधम काम गर्न थालेपछि बाध्य भएर अगजनी तथा तोडफोडमा उत्रिनु परेको पश्चिम सेती सरोकार समाजका संयोजक दर्ीघबहादुर भण्डारीले बताउनुभयो ।

आक्रोसित स्थानीयबासीहरुले नाराबाजीसहित परियोजनाको मोरीबगड र रायलको देउरास्थित सूचना केन्द्रमा गइ वातावरणीय प्रभाव तथा मूल्याङ्कन प्रतिवेदन पुस्तक चार क्विन्टल, आयोजनासम्बन्धी महत्वपर्ूण्ा निर्ण्र्ाापुस्तिका, बील भरपाई, १ दर्जन रजिस्टरलगायत आयोजनाका महत्वपर्ूण्ा कागजात बुधबार जलाएको सो परियोजनाका सहायक सञ्चार अधिकृत रामसिंह यादवले बताउनुभएको छ । त्यस्तै परियोजनाका कुर्ुर्सर्ीीटेबुल, दराज, सूचना बोर्ड, हृवाइट बोर्ड, मिटिङ बोर्ड, टेप रर्ेकर्डर, क्यालकुलेटर लगायत सम्पर्ूण्ा भौतिक सामग्रीसमेत आफूसँगै लिएर गएपछि परियोजनाको दैनिक कमकाज बन्द भएको छ । 'हाम्रै घर आँगनमा बग्ने नदीमा बाँध बाँधिन्छ, हाम्रा घरजग्गा, मठमन्दीर, पाटीपौवा लगायतका ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक धरोहरहरु सदाका लागि जलासयभित्र डुबानमा पर्दैछन् ।

उत्पादिन विद्युत सिधै अर्को देशमा लगिँदैछ यस्तो खाले राष्टूघाती परियोजना हामीलाई चाहिँदैन भन्दै कब्जामा लिइएका परियोजनाका सामग्री स्थानीय विद्यालयहरुलाई वितरण गर्ने संयोजक भण्डारीले भन्नुभयो । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको उत्तरी हिमाली क्षेत्रमा मूल रहेर बग्ने सेती नदीमा एक अर्ब २० करोड अमेरिकी डलर लागतमा ७५० मेगावाट विद्युत उत्पादन गर्न बैतडी, डोटी, डडेल्धुराको सीमाक्षेत्रअर्न्तर्गत पर्ने ढुङ्गाडमा पश्चिम सेती हाइडूोकम्पनीका नामले सो आयोजनाको निर्माण हुन लागेको हो । सो आयोजनाबाट बझाङका ७, डोटीका ६, बैतडीका ४ र डडेल्धुराका १ गरी १८ गाविसहरुको ५०० हेक्टर भूभाग तथा १५ हजार भन्दा बढी बासिन्दा प्रभावित हुनेछन् । पुस्तौदेखी बस्दै आएको पुख्र्यौली गाउँठाउँ डुबान भएर बिस्थापित हुनर्ुपर्ने यहाँका स्थानीयबासीहरुलाई पश्चिम सेती आयोजनाबारेमा कुनै जानकारी छैन । 'ढुङ्गाडमा ठूलो दिवाल लगाइ पानीको ड्याम हुने हो भन्ने हल्ला सुनेको छु, आफूलाई कसले, कहाँ लगेर बस्ने व्यवस्था गर्ने हो र सो बारे अहिलेसम्म कुनै पनि व्यक्तिले केही नभनेको,' बझाङ रायलका मदन जेठाराले बताउनुभयो । हामीले १३ सूत्रीय माग राखी चारवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फ ज्ञापनपत्र बुझाइ नेपाल सरकार, स्मेक कम्पनी र प्रभावित क्षेत्रका स्थानीयबासी बसेर त्रिपक्षीय सम्झौता हुनपर्छ भनेर भनेका छौँ ।

त्यसो नगरिए कडा संर्घष्ाका कार्यक्रम सहित आन्दोलनमा उत्रिने समाजका संयोजक भण्डारीले बताउनुभयो । केही व्यक्तिलाई स्मेकका प्रतिनिधिले पैसा दिएर अर्काे समिति गठन गरिएको छ । ती व्यक्ति वास्तविक प्रभावित होइनन्, पश्चिम सेती परियोजनाबारे कलम चलाइरहने रतन भण्डारीले भन्नुभयो, सूदुरपश्चिममा बाढीले क्षती पुर्याउँदा पीडितलाई सहयोग गर्न सरकारी माध्यम हुँदा हुँदै कथित मूल समिति भनिएको एक समूहलाई काठमाडौँ बोलाइ एक होटलमा स्मेकका प्रतिनिधिले सहयोगस्वरुप भनी पाँचलाख दिइएको छ, त्यसको पनि छानवीन गरिनर्ुपर्छ । परियोजना राम्रो हो तर राष्टूको भन्दा पनि विदेशको हितमा छ । यथास्थितिमा यो परियोजना बन्नुहुँदैन । अहिलेसम्म भएका सम्झौताहरुलाई सुधारेर तथा परिमार्जित गरेर मात्र परियोजना सञ्चालन गरिनर्ुपर्छ भन्नुहुन्छ प्रभावित क्षेत्र तथा बझाङ क्षेत्र नम्बर २ का माओवादी तर्फाट संविधानसभामा प्रतिनिधित्व गर्नुभएका सभासद शंकर खड्का । प्रभावित ४ वटा जिल्लाका बासिन्दाको भावना समेटेर समग्र राष्टूको हितमा परियोजनालाई उपयोग गर्ने खड्काको धारणा रहेको छ ।

परियोजनाबाट प्रभावित हुने स्थानीयबासीहरुले नाराजुलुस सहित परियोजनाको सर्म्पर्क कार्यालयमा अगजनी तथा तोडफोड गरी सामग्री कब्जामा लिएको खबर पाएको छु । त्यसबारेमा विस्तृत रुपमा बुझिरहेको बझाङका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकास गैरेले गोरखापत्रलाई बताउनुभयो । स्मरण रहोस्. आयोजनाबाट उत्पादित सबै बिजुली डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका गाउँबस्ती हुँदै गड्डाचौकी सम्म १३२.५ किलोमिटर र त्यसभन्दा अगाडि भारतमा ९८ किलोमिटर लामो ४०० किलोभोल्टको डबल र्सर्किट विद्युत प्रसारणलाईन निर्माण गरी भारतको बरेलीदेखी २२ किलोमिटर उत्तरमा रहेको अटमाण्डा विद्युत स्टेशनमा जोडी भारतलाई बेचिनेछ । साभारः

गोरखापत्र दैनिक, २०६५ असोज २६