सेतीमा राष्ट्रघात

खगराज भट्ट
माओवादीले स्पष्ट रुपमा नेपालको समृद्धि, स्वाभिमानका निमित्त जलविद्युतको उपयोग र त्यसको परिचालनको प्रश्नलाइ केन्द्रीय महत्वको विषयका रुपमा उठाएको छ । पाँचवटा 'ज' लाइ परिचालन गरेर राष्ट्रलाइ समृद्धि तिर नयाँ दिशा दिँदैर् अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थाबाट उन्नत र स्वाभिमानको विन्दुमा पुर्याउने भन्ने योजना छ । तर नेपालको बिडम्बना के छ भने आजसम्म जति पनि जलस्रोतसम्बन्धी सम्र्झौता गरिएका छन् ती वैदेशिक र खासगरी भारतीय स्वार्थसँग केन्द्रित रहेर गरिएका छन् । कोसी, गण्डकी, महाकाली, अन्य कुनै पनि नेपालको जलस्रोत भारतीय विस्तारवादले कब्जा गर्दै आएको छ । पश्चिम सेतीमा पनि उसले गिद्दे दृष्टि लगाइरहेको र सो योजना पनि भारतीय स्वार्थमा बन्न खोजिरहेको छ ।

जलस्रोतको उपयोग गर्नर्ुपर्छ, जलस्रोतको विकास गर्नर्ुपर्छ भन्ने प्रश्नमा हामी जति स्पष्ट छौँ, त्यति नै राष्ट्रहितमा कुनै पनि परियोजनाको सुनिश्चित हुनर्ुपर्छ भन्ने कुरामा हाम्रो पार्टर्ीीपष्ट छ । राष्ट्रियता, पर्यावरण, राष्ट्रिय सहमति र विविध नीतिसहितको सुसंगत पक्रियासहितको स्थानीय अग्राधिकार हामीले यो चारवटा प्रश्नलाइ कुनै पनि जलस्रोत परियोजनाको आधारस्तम्भमा राखेका छौँ । र, माओवादी पार्टर्ीीही मान्यताभित्र कुनै पनि परियोजना निर्माण होस्, सञ्चालन होस् र त्यसको विकास प्रक्रिया अगाडि बढोस् भन्ने चाहन्छ ।

धेरै वर्षपहिले यो क्षेत्रको पुरै माया मारेर कैलाली र कञ्चनपुर मात्र होइन, काठमाडौँमा बसाइँ सरेर बसेकाहरुको जग्गाजमिन पूरै सेतीले बगाएर बगरमा परिवर्तन भएका छन् । तर राष्ट्रियताका बारेमा अग्रगामी चेनता नभएका जनता र पश्चिम सेतीबाट रोजगारी पाइन्छ भन्ने केही बेरोजगार युवाहरुको अपेक्षाबाहेक ती मान्छेहरु अरु कसैको पनि सकारात्मक धारणा भेटाएका छैनौँ ।

केही महिना पहिले बझाङ, डडेल्धुराका तीनवटा सूचना केन्द्रमा जनताले हमला गरेका छन् । त्यसलाई आगजनी गरेका छन् । सूचना केन्द्रमा ताला लगाएका छन् । त्यसबाट पनि जनता के चाहन्छन् भन्ने प्रष्ट हुन्छ । त्यसैले हजारौँ झुटलाइ कागजको पानामा कालो अक्षरले लेखेर साँचो सावित गर्न खोजेमा यथार्थसँग त्यसको अन्तरसम्बन्ध हुँदैन । जनताले त्यसको कालो कर्तुतलाई पर्दाफास गरिसकेका छन् ।

पश्चिम सेती बन्नुहुँदैन भन्ने पक्षमा हाम्रो पार्टर्ीीैन । बन्नर्ुपर्छ र त्यो अविलम्ब सञ्चालन हुनर्ुपर्छ भन्ने कुरामा हाम्रो पार्टर्ीी कुनै दुविधा छैन । राष्ट्र र जनताको हितलाइ केन्द्रमा राखेर पश्चिम सेती बन्नर्ुपर्छ भन्ने नै हाम्रो चिन्ता हो । जुन परिधिभित्र, जुन प्रकारको सम्झौताभित्र, जुन प्रकारको अन्तरवस्तुभित्रबाट अहिले पश्चिम सेती निर्माण गर्न खोजिँदैछ त्यो राष्ट्र र जनताको विरुद्धमा छ । यदि यही प्रकृति, परिवेश र अन्तरवस्तुभित्र रहेर पश्चिम सेती योजना सञ्चालन गर्न खोजिन्छ भने यसको सशक्त प्रतिकार गरिन्छ ।

राजनीतिक हिसाबले पनि हामीले नेपालभित्रको औपनिवेशिक, अर्धसामन्ती राजनीतिक प्रवृत्ति लाई पराजित गर्नका निमित्त राष्ट्रिय स्वाभिमान र आत्मसम्मानको पक्षमा पश्चिम सेती निर्माण गर्ने नयाँ आधार खडा गर्न सक्छौँ । आर्थिक हिसाबले पनि नेपालको औद्योगिक समृद्धिका निमित्त पश्चिम सेतीको जलविद्युत्लाइ औद्योगिकीकरण र वैज्ञानिक सुधारको प्रक्रियातिर र पर्यटन बिस्तारको प्रक्रियातिर जोड्न सकिन्छ । पर्यावरणीय दृष्टिकोणले पनि अहिले जुन ढंगले जंगल विनाशको सम्भावना र बस्ती विस्थापनको सम्भावनाबाट यो विषय उठ्दैछ । यसको वैज्ञानिक पुनसंरचना गर्न सकिन्छ ।

भूकम्पको प्लेटमभित्रको क्षेत्र पर्ने भएको हुनाले पनि लाइन बिस्तारका क्रममा जंगलको ठूलो मात्रामा विनाश हुनेवाला छ । केही उपलब्धिहरुसँग क्षति पनि अभिन्न रुपले जोडिएको त हुन्छ नै । पूरानो बिनाशको जगमा नै सभ्यताको सिर्जना हुन्छ । हामीले इतिहासमा त्यो भेटाएका छौँ । त्यसकारण सबभन्दा कम नोक्सानीमा बढीभन्दा बढी उपलब्धिका निमित्त हामीले बलिदान गर्नर्ुपर्छ भने त्यो गर्नका निमित्त तयार हुनर्ुपर्छ । हामीले त्यसलाइ अनौठो मानेका छैनौँ । घाटामात्र हुने मुनाफा नहुने सेती महाकालीले फाइदा धेरै पाउने शर्तमा केही गुमाउनमा हामी तयार नै छौँ । तर फाइदा नपाउने र्सतमा परियोजनाको पक्षमा छैनौँ । नेपालको राजनीतिमा बिडम्बना नै भन्नर्ुपर्छ । केही दलाल र जलमाफियाको प्रभुत्व अझसम्म कायम छ । उनीहरुले महाकाली एकीकृत सन्धिलाइ पनि राष्ट्रिय हितको सन्धि मान्दै पास गरेको दुनियाँलाइ थाहा छ ।महाकालीकै पुनरावृत्ति सेतीमा पनि हुँदैछ । यो राष्ट्रघात नै हो ।

साभारः जनदिशा दैनिक, २०६५ मंसीर १५