पश्चिम सेती अझै अनिश्चित
काठमाडौँ ।
निर्यात गर्नका लागि निर्माण गर्न लागिएको नेपालकै बहुचर्चित एवं ठूलो विद्युत आयोजना पश्चिम सेतीको निर्माण अझै अनिश्चित भएको छ पश्चिम सेतीमा जलाशय निर्माण गरी चाहिएका बेलामा विद्युत उत्पादन गर्न सकिने गरी निर्माण हुने भनेर चर्चित आयोजनाको लगानी जुटाउन नसकेपछि अनिश्चित प्रायः भएको हो ।
यसअघि पटकपटक लागत जुटाउनका लागी अवधि थप गर्दै आएको सरकारलाइ पुनः एडीबीले लगानी गर्ने भनेको १५ प्रतिशत लगानीसम्बन्धमा समय माग गरेको भन्दै थप १ वर्षो समय माग गरेको छ । ७ सय ५० मेगावाटको सो परियोजनामा नेपाल सरकारको १५ प्रतिशत, एडीबीको १५ प्रतिशत, वेस्ट सेती हाइड्रो २६ प्रतिशत, चाइना नेसनल मेसिनरी इम्पोर्ट/एक्सपोर्ट कर्पाेरेशन १५ प्रतिशत, भारतको इन्प|mास्टक्चरलिजिङ एण्ड फाइनान्सियल र्सर्भिसेज १५ प्रतिशत र स्पेशल प्रप्स भेइकलको १४ प्रतिशत लगानी गर्ने सहमति भइसकेको छ ।
आयोजनाका प्रमुख हिमालयनबहादुर पाण्डेका अनुसार एडीबीले आफ्नो लगानीसम्बन्धी प्रस्ताव बोर्डबाट पारित गर्न थप समय मागिएकाले सोही बमोजिम सरकारलाइ समय थप गर्न माग गरेको बताउनु भयो । साथै उहाँले भारत निर्यात गर्न लागिएको सो आयोजनाबाट उत्पादिन बिजुलीको पीपीए पनि पुनरावलोकनको क्रममा रहेको जानकारी दिनुभयो । यसअघि ४ दशमलव ९५ सेन्टमा गरिएको सो पीपीए आयोजनाको लागत वृद्धिका कारण थप गर्न लागिएको जानकारी दिएका छन् ।
साभारः विक्लि नेपाल १७ मंसीर २०६५ मंगलबार
