तामाकोसीको सेयर दोलखावासीलाई दिइने

दोलखा, ५ फागुन -कास)-

माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको १० प्रतिशत सेयर दोलखावासीलाई दिइने अर्थ मन्त्री डा. रामशरण महतले बताएका छन् । उनले यो निर्ण्र्ााा फेरबदल नहुनेमा विश्वस्त हुन आग्रहसमेत गरे । आइतबार सदरमुकाम चरिकोट आएका मन्त्री महतले प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा स्थानीयवासीलाई कसरी सेयर दिने भन्ने छलफलमा रहेको बताए । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोसीको लगानीमा झन्डै ८५ करोड रुपैयाँ बराबरको सेयर दोलखालीलाई दिने निर्ण्र्ाागरेको छ ।

सस्तो जलविद्युत् परियोजनालाई सरकारले प्राथमिकतामा राखेको बताउँदै मन्त्री महतले कुनै पनि मूल्य चुकाएर परियोजना चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिए । स्वदेशी पैसा पुगेन भने विदेशी लगानी गरेर भए पनि परियोजना समयमै सम्पन्न गर्नुपर्ने पक्षमा आफू रहेको उनले दोहोर्‍याए । अर्थमन्त्रालयका कारण परियोजना सञ्चालन हुन दर्ुइ वर्षढिला भएको जिज्ञासामा उनले भने- 'माथिल्लो तामाकोसी चाडो बन्नर्ुपर्छ भन्ने मै हुँ ।' ३०९ मेघावाट क्षमताको विद्युत् स्वदेशी लगानी सम्पन्न गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएपछि कार्य अगाडि बढेको हो । मन्त्री महतले पेटोलियम पदार्थ अभावमा अर्थ मन्त्रलायको दोष नरहेको दाबी गर्दै बजेटमा नछुट्याएको पँँच अर्ब रुपैयाँ आयल निगमलाई दिइसकिएको जानकारी दिए ।

स्रोतः कान्तिपुर दैनिक, २०६४ फागुन ६ ।