माथिल्लो तामाकोशी सडक निर्माणमा ढिलाई
चिरञ्जीवी मास्के -दोलखा)
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले समयमै निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्न आयोजनास्थलसम्म सडक निर्माण गर्ने काम त्रि्र रुपमा अगाडि बढाइरहेको भए पनि भौगोलिक विकटता र सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण तोकिएकै समयमा सडक निर्माण हुने कुरामा आशंका देखिएको छ ।
सडक निर्माण कार्यमा ढिलाई भइरहेको कुरा स्वीकार गर्दै माथिल्लो तामाकोशी प्रवेश मार्ग निर्माण महाशाखाप्रमुख विष्णुबहादुर थापा आगामी असार मसान्तसम्म पनि तोकिएको सडक निर्माण कार्य सम्बन्धीत निर्माण कम्पनीेले सम्पन्न गर्न नसके आयोजनाले त्यस्तो निर्माण कम्पनीसँगको सम्झौता तोड्नसक्ने बताउनुहुन्छ ।
आयोजना तत्काल सडक निर्माण गरी निर्धारित समयमै काम पूरा गर्ने अभियानमा लागेकाले सडक निर्माणको जिम्मेवारी पाएका निर्माण कम्पनीहरुलाई समयमै सडक निर्माणको काम गर्न दबाब दिइरहेको र अहिले द्रुत गतिमा सडक निर्माणको काम भईरहेको पनि प्रवेशमार्ग निर्माण महाशाखाका प्रमुख थापाले बताउनुभयो ।
तीन खण्डमा विभाजन गरी निर्माणको काम भइरहेको आयोजनास्थलसम्म पुग्ने ६८ किलोमिटर सडकमा प्रवेश मार्ग चरिकोट दोलखा बाईपास ५ किलोमिटर, दोलखा सिँगटी स्तरोन्नती ३५ किलोमिटर र सिँगटी लामाबगर नयाँ निर्माण २८.५ किलोमिटर रहेको र त्यसको काम असार मसान्तसम्म सम्पन्न गरीसक्नर्ुपर्ने समयसीमा तोकिएको छ ।
यसअघि चैत्र मसान्तसम्मको समयसीमा तोकिएकोमा त्यस अवधिमा काम सम्पन्न गर्न कठिनाई देखिएपछि त्यसलाई बढाएर असार मसान्तसम्मलाई तोकिएको र त्यस अवधिमा निर्माण कम्पनीले काम पूरा गरिसक्नर्ुपे पनि थापाले बताउनुभयो ।
आयोजनास्थलसम्म पुग्ने सडकको पहिलो खण्डमा पर्ने चरिकोट-दोलखा बाइपास ट्रयाक खोल्ने कार्य सम्पन्न भइसकेको छ भने दोस्रो खण्डअर्न्तर्गत पर्ने दोलखा सिँगटी सडकलाई तीन प्याकेजमा विभाजन गरी स्तरोन्नतीको कामसमेत शुरु भइसकेको छ ।
