माथिल्लो कर्ण्ााली निर्माणमा अवरोध
यज्ञराज थापा (दैलेख)
माथिल्लो कर्ण्ााली जलविद्युत् परियोजना निर्माणस्थल क्षेत्रका स्थानीय बासिन्दाहरूले आयोजना सञ्चालन गर्न नदिने भन्दै आइतबार दिउँसोदेखी कामकाज बन्द गराएका छन् । आयोजनास्थलमै पुगी दैलेख र अछाम जिल्लाका हजारौँ स्थानीय बासिन्दाले नाराजुलुस गर्दै आफूहरूसँग नेपाल सरकार र निर्माणको जिम्मा लिएको भारतीय कम्पनी जीएमआर इनर्जी लिमिटेडले कुनै सल्लाह र सहकार्य नगरी मनपरी तरिकाबाट निर्माण सुरू गरेको भन्दै काम बन्द गराएका हुन् ।
अछाम र दैलेखका पाँच गाविसमा गठन भएका कर्ण्ााली बचाउ संर्घष्ा समितिको आहृवानमा ती स्थानीयबासीहरूले तत्काल त्यस क्षेत्रको वातावरणीय प्रतिकुलतालाई ध्यान दिई त्यस क्षेत्रका जनतासँग सम्झौता गरी काम थालनी गर्न माग राखेका छन् ।
परियोजनाले पार्ने वातावरणीय प्रभावबारे स्थानीयबासीसँग छलफल नगरी भारतीय कम्पनी जीएमआरलाई सञ्चालन गर्न दिएकोमा त्यसको विरोधस्वरूप कार्यक्रम गरिरहेको माथिल्लो कर्ण्ााली बचाऊ सरोकार समितिका अध्यक्ष रतन शाहीले बताउनुभएको छ ।
समितिको नेतृत्वमा कर्ण्ााली राजमार्गमा पर्ने विभिन्न सडकखण्डमा भित्तेलेखन र पर्चा टाँस्ने कार्य सुरू भईसकेकेा छ । भित्तामा 'माथिल्लो कर्ण्ााली बेच्न पाईँदैन, राष्ट्रघाती सम्झौता चाहिँदैन, स्वदेशी लगानी राम्रो हो, माथिल्लो कर्ण्ााली हाम्रो हो लगायतका नाराहरू लेखिएको छ ।
परियोजना आसपासस्थल दैलेखका लकन्द्रा, सिँगौडी, सात्तला, नेपा, नाउलेकटुवाल र अछाम जिल्लाका भैरवस्थान, तुमाखाँद गाविसका जनताले प्रत्येक वडास्तरीय समन्वय समिति गठन गरी कुनै पनि हालतमा परियोजना सञ्चालन गर्न नदिने बताएका छन् ।
सरोकार समितिका अध्यक्ष रतन शाहीले यदी परियोजना बनेको खण्डमा रामाघाट, टुनबिगर, सिस्न, असरा, लोडेलगायतका ठाउँ डुबानमा पर्ने भएकोले त्यससम्बन्धी सम्झौत्ाामा कुनै कुरा उल्लेख नगरिएको र विद्युत् उत्पादनपश्चात् जमिनमुनीबाट सिधै भारत पैठारी गर्नेजस्ता कुरा भएको, स्थानीयबासीहरूको रोजगार र मुआब्जाका बारेमा स्पष्ट कुरा नआएका कारण स्थानीयबासीहरूले परियोजना सञ्चालन गर्न नदिने बरू ज्यान आहुती दिनसमेत तयार रहेको बताएका छन् ।
स्थानीयबासीको अवरोधका कारण जीएमआर कम्पनीका प्रतिनिधिहरू परियोजनास्थलमा अलपत्र परेका छन् । प्रतिस्पर्धाका आधारमा गतवर्षमाघमा सरकारले भारतको जीएमआरलाई ३ सय मेगावाट विद्युत् उत्पादन गर्ने सो जलविद्युत आयोजनाको विद्युत् उत्पादनको र्सवेक्षण अनुमतिपत्र प्रदान गरेको थियो । माथिल्लो कर्ण्ाालीबाट नेपालले २७ प्रतिशत निशुल्क शेयरका अलावा १२ प्रतिशत अर्थात् ३६ मेगावाट बिजुली सित्तैमा प्राप्त गर्ने भएको छ ।
यसैगरी आयोजनाको अध्ययन गर्दा लागेको २२ करोड रूपियाँ जीएमआरले नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । सस्ता आयोजनामध्ये एक माथिल्लो कर्ण्ाालीमा यसअघि नेपाल विद्युत् प्राधिकरणले गरेको अध्ययनअनुसार ४५ करोड अमेरिकी डलर लागत रहने देखिएको छ । निर्माण सुरू गरेको ५ वर्षभत्र बिजुली उत्पादन गर्न सरकार र जीएमआरबीच सहमति भएको छ ।
