ुपञ्चेश्वर राष्ट्रिय हितमा छैनु

कान्तिपुरसंवाद्‍दाता
महेन्द्रनगर, भाद्र २८ - माओवादी नेता डा। बाबुराम भट्टराईले प्रस्तावित पञ्चेश्वर र पश्चिम सेती आयोजना हालकै अवस्थामा सुरु गर्ने हो भने नेपालको हितमा नभएको बताएका छन् ।

शुक्रबार यहाँ क्रान्तिकारी पत्रकार संघ, कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा भट्टराईले ती आयोजनाबाट उत्पादन हुने बिजुली र पानीको बाँडफाँड नेपालको हितमा नभएको बताए । ठूला आयोजना सुरु गर्ने कुरामा आफ्नो पार्टीलाई कुनै आपत्ति नभए पनि ुराष्ट्रिय हितविपरीतका आयोजनाबारे पुनर्विचार गरिनुपर्छ,ु उनले भने । उनले कणर्ाली, महाकालीको पञ्चेश्वर र पश्चिम सेतीजस्ता ठूला आयोजना सुरु गर्नुपूर्व नेपाली राष्ट्रिय हितमा पुनः परिभाषित गरी सम्झौता गरिनुपर्ने बताए ।

नेपाल संघीयतातर्फ अघि बढिरहेको अवस्थामा कणर्ाली प्रदेश र पश्चिम सेती तथा पञ्चेश्वरबारे सेती महाकाली प्रदेशका बासिन्दाको हितलाई ध्यान दिएर मात्र आयोजना सुरु गरिनुपर्ने भट्टराईले बताए । ुदुवै आयोजनाको गलत ढंगले डिजाइन गरिएको छ,ु उनले भने ।
वर्तमान सरकार जालझेलको तरिकाले टिकिरहेको बताउँदै उनले नागरिक सर्वोच्चता बहाली गरी संविधान निर्माणका लागि माओवादी नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार छिटोभन्दा छिटो गठन हुनुपर्ने बताए ।

पहिलोपटक कञ्चनपुर आएका नेता भट्टराई पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रममा सरिक भए । शुक्रबारै उनले अखिल क्रान्तिकारी विद्यार्थी संगठन कञ्चनपुरको नवांै जिल्ला सम्मेलनको उद्घाटन गरेका थिए ।
साभारः कान्तिपुर दैनिक, २०६६ भदौ २८