१० हजार मेगावाट विद्युत लक्ष्य/लागत २० खर्ब, योजना शुन्य

बाबुराम खड्का, काठमाडौँ ।
सरकारले एक दशकमा थप १० हजार मेगावाट विद्युत उत्पादन गरी मुलुकलाइ आर्थिक रुपमा समृद्ध बनाउने
महत्वाकांक्षि योजना ल्याए पनि यसका लागि हालसम्म कुनैतयारी गरेको छैन । सरकारले चालु आर्थिक वर्षो बजेटमा बिना अध्ययन आगामी एक दशकमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने नीति तथा कार्यक्रम र्ल्या पनि जलस्रोत मन्त्रालयले यो लक्ष्य कुन कुन जलविद्युत आयोजनानिर्माणबाट पुरा गर्ने हो भन्ने विषयमा कुनै कार्यक्रम तयार गरेको छैन ।

यस्तै जलविद्युत् उत्पादनमा लक्ष्य पुरा गर्नका लागि वित्तिय स्रोत कहाँब्ााट जुटाउने तथा कति स्वदेशी तथा
कति विदेशी लगानीबाट जलविद्युत आयोजनाको विकास गर्ने जस्ता ागहन विषयमा सरकारले हालसम्म ठोस रणनीति नबनाएको विद्युत विकास विभाग स्रोतले नेपाल समाचारपत्रलाइ जानकारी दिएको छ ।

'बजेटमा कार्यक्रम आयो तर कार्यान्वयन कहिलेदेखी कसरी गर्ने भन्ने विषयमा मन्त्रालय नै अनभिज्ञ रहेको छ। बाहिर बनाएको भए थाहा छैन तर मन्त्रालयले भने योजना बनाएको छैन! -विभाग स्रोतले भन्यो ।जलस्रोत मन्त्रालयले हालसम्म आयोजनाको तयारी नगरेकोले सरकारले ल्याएको यो योजना पुरा हुनेमा शंका उत्पन्न भएको जलस्रोतविदले बताएका छन् । यसअघि १० औँ पञ्चवषर्ीय योजना तथा राष्ट्रिय जलयोजनाले पहिलो चरणमा विद्युत उत्पादन गर्न लिएको लक्ष्य विफल भइसकेको छ । यसअघि गिरिजाप्रसाद कोइरालको नेतृत्वमा रहेको सरकारले पनि अध्ययन नगरी एक दशकमा ५ हजार मेगावाट विद्युत उत्पादन गर्ने कार्यक्रम बजेटमा ल्याइएको थियो ।

१० हजार मेगावाट विद्युत उत्पादन गर्न ठूला जलविद्युत परियोजनाको विकास गनर््र्ुपर्ने बताउँदै यसका लागि स्वदेशी पुँजीले मात्र नपुग्ने भएकाले वैदेशिक लगानी आवश्यक पर्ने भनाइ स्वतन्त्र ऊर्जा उत्पादक संस्था
नेपाल -इपान) का अध्यक्ष डा. सन्दीप शाहको छ ।

सरकारले जलविद्युत विकासमा लिएको लक्ष्य सकारात्मक भए पनि कार्यक्रम र रणनीतिका अभावले योजनाविहिन भएको तर्क शाहको छ । 'यस्तो योजनाविहिन अवस्थामा बजेटमा कार्यक्रम राखेर मात्र यो लक्ष्य
पुरा हुँदैन । यसका लागि त सरकारले तत्काल ठोस नीति तथा कार्यक्रम निर्माण गरी जलविद्युतमा लगानी मैत्री वातावरण बनाउनर्ुपर्छ' -उहाँले भन्नुभयो ।

मन्त्रालयबीचको नीतिगत मतभेदका कारण लगानीकर्ता हतोत्साहित हुने गरेको उहाँकोा भनाइ थियो । 'सरकारले न त सडक र प्रसारणलाइनजस्ता आवश्यक पर्ूवाधारको विकास गरेको छ न त सुरक्षा दिन सकेको छ यस्तो अवस्थामा विद्युत विकास कसरी हुन्छ -' शाहले प्रश्न गर्नुभयो । उहाँका अनुसार एक दशकमा १० हजार मेगावाट विद्युत उत्पादन गर्न २५ अर्ब अमेरिकी डलर अर्थात करिब २० खर्ब रुपियाँ लाग्नेछ ।

साभारः नेपाल समाचारपत्र दैनिक, २०६५ मंसीर ९