अरूण तेस्रो आयोजना सतलजलाई
बाबुराम खड्का, -काठमाडौँ) बहुप्रतिक्षित अरूण तेस्रो जलविद्युत् आयोजना निर्माण एवम् विद्युत् उत्पादनको जिम्मा सरकारले भारतको सतलज जलविद्युत निगमलाई दिएको छ । सरकारले निर्धारण गरेको मापदण्डबमोजिम निःशुल्क विद्युत् दिन तयार भएपछि अरूण-३ को निर्माण एवम् विद्युत् उत्पादनको जिम्मा सतलजले पाएको हो ।
सतलज भारत सरकारको स्वाभित्वमा सञ्चालित निगम हो । सो आयोजना कार्यान्वयन गराउन सरकार र सतलज बीच आईतबार सहमतिपत्रमा हस्ताक्षर भयो । सहमतिपत्रमा सरकारी वार्ताटोलीका संयोजक तथा जलस्रोत मन्त्रालयका सहसचिव अनुपकुमार उपाध्याय तथा सतलजका तर्फाट उपमहाप्रबन्धक सञ्जय उप्पलले हस्ताक्षर गर्नुभयो ।
सहमतिसँगै लामो समयदेखी चर्चामा रहेको ४ सय २ मेगावाटको अरूण-३ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यो आयोजना विल्ट अन अपरेट ट्रान्सफर बुट प्रणालीअनुरूप ३० वर्षा लागि सरकारले सतलजलाई प्रदान गरेको छ । सहमतिअनुसार सतलजले आयोजना विद्युत् उत्पादन सुरू भएको मितिदेखी २१ दशमलव ९ प्रतिशत अर्थात् ९९ मेगावाट बिजुली सरकारलाई निशुल्क उपलब्ध गराउने भएको छ ।
यसैगरी अरूणको विस्तुत परियोजना अध्ययन -डिपीआर) तयार गर्न लागेको ४५ करोड १४ लाख रूपियाँ सतलजले सरकारलाइ तिर्नर्ुपर्ने, आयोजना विकास गर्दा प्रसारण लाईन तथा प्रवेश मार्ग सतलज स्वयंले निर्माणर् गर्ने सहमति भएको मन्त्रालयका सहसचिव उपाध्यायले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । प्रस्तावित आयोजना सम्पन्न गर्न वित्तिय श्रोतको व्यवस्था गरेको ५ वर्षभत्र निर्माण सम्पन्न गर्नर्ुपर्ने सहमति भएको उहाँले बताउनुभयो । उपाध्यायका अनुसार सतलजले अब अध्ययनका लागि विद्युत् विकास विभागमा आवेदन दिनर्ुपर्नेछ ।
सतलजले नेपाललाई आवश्यक बिजुली प्रसारणलाईनको उपयुक्त स्थानबाट उपलब्ध गराउनर्ुपर्ने, प्रचलित कानुनबमोजिम आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । यसैगरी र्सवेक्षण अनुमतिपत्रका लागि दरखास्त दिनुअगावै प्रतिमेगावाट १ लाख रूपियाँ अर्थात् ४ करोड २ लाख रूपियाँ सतलजले सरकारलाई बुझाउनर्ुपर्नेछ ।
यसैगरी विद्युत् उत्पादनका लागि सतलजले बैंक ग्यारेन्टीबापत प्रतिमेगावाट अर्थात् २० करोड १० लाख रूपियाँ सरकारलाई तिर्नर्ुपर्ने सहमति भएको छ । संसदको प्राकृतिक स्रोतसाधन समितिको गएको साउन १ तथा अर्थ समितिको साउन १४ गतेको निर्देशनलाई आधार मानी पुस १५ गते बसेको मन्त्रीपरिषदको बैठकले बढी निःशुल्क बिजुली तथा निःशुल्क शेयर दिने लगानीकर्तालाई कर्ण्ााली र अरूण जलविद्युत् आयोजनाको निर्माणको अनुमति दिने जलस्रोत मन्त्रालयलाई निर्देशन दिएको थियो ।
सोही निर्देशनबमोजिम मन्त्रालयले सहसचिव उपाध्यायको संयोजकमा गठित समितिले यसअघि कर्ण्ााली परियोजना भारतकै जीएमआर इनर्जीलाई प्रदान गरिसकेको छ । गएको माघ २० गते जलस्रोत मन्त्रालयले वार्तामा आउन सतलजलाई आहृवान गरेको थियो । अरूण तीनको अनुमानित लागत मूल्य ९० करोड अमेरीकी डलर अर्थात् ६० अर्ब रूपियाँ लाग्ने अध्ययनले देखाएको छ । अरूण र कर्ण्ाालीमा सबैभन्दा बढी बिजुली दिने प्रस्ताव भारतको जिन्दाल स्टिलले गरेको थियो ।
