अरूण तेस्रोबारे कारण माग
नयाँ पत्रिका, काठमाडौँ, २१ चैत्र
र्सवाेच्च अदालतको एकल इजलासले अरूण तेस्रो जलविद्युत् आयोजना भारतीय कम्पनी सतलजलाई दिनुको कारण मागेको छ । र्सवाेच्च अदालतको एकल इजलासले वैशाख १० गते अदालतमा उपस्थित हुन सरकारसहित सतलजका नाममा समेत बिहीबार आदेश जारी गरेको छ ।
माथिल्लो कर्ण्ााली र अरूण तेस्रो जलविद्युत् आयोजनाका लागि प्रस्ताव गरेको भारतीय कम्पनी जिन्दल स्टिलले अरूण तेस्रो सतलजलाई दिने निर्ण्र्ाागलत भएको दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो । अरूणमा सतलज र जिन्दलसहित नौ कम्पनीले प्रस्ताव पेस गरेका थिए । सरकारले अरूण र माथिल्लो कर्ण्ााली जलविद्युत आयोजना कुन कम्पनीलाई जिम्मा लगाउने भन्ने विषयमा अध्ययन गर्न पर्ूव सचिव भानुप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो ।
सो समितिको वैधानिकताका सम्बन्धमा समेत जिन्दलले प्रश्न उठाएको छ । आचार्य कार्यदलको प्रतिवेदनका आधारमा सरकारले अरूण सतलजलाई दिने निर्ण्र्ाागरेको थियो । जिन्दलले अदालतमा दर्ता गरेको निवेदनमा आचार्य कार्यदलको प्रतिवेदनले आफूलाई ८२ दशमलव ४० प्रतिशत अंक दिने निर्ण्र्ाानै ठीक नभएको उल्लेख गरेको छ । २१ दशमलव नौ प्रतिशत निःशुल्क ऊर्जा दिने जिन्दलको प्रस्तावलाई आधार बनाएर संसदीय समितिले निर्देशन दिए पनि सरकारले आफूसँग कुनै छलफल नगरेको जिन्दलले जनाएको छ ।
सुरूमा चार दशमलव पाँच प्रतिशत निःशुल्क ऊर्जाको प्रस्ताव गरेको भारतीय सरकारी कम्पनी सतलजको प्रस्तावलाई सच्याएर अरूणको जिम्मा दिइएको समेत निवेदनमा उल्लेख गरिएको छ । अरूण सतलजलाई दिने निर्ण्र्ााबदर गर्न र जिन्दललाई समेत छनौट पक्रियामा समावेश गर्न अन्तरिम आदेशको माग गर्दै दर्ता गरिएको यो मुद्दा अरूणसँग सम्बन्धित दोस्रो मुद्दा हो । यसअघि प्राकृतिक स्रोत बाँडफाँडको सिद्धान्तभन्दा बहिर गएर अरूण भारतीय कम्पनीलाई दिइएको विषयमा र्सवाेच्चमा परेको मुद्दा विचाराधिन छ ।
