अरुण सरोकारका १४ माग
संखुवासभाः अरुण जनजाति सरोकार मञ्चले अरुण तेस्रो जलविद्युत परियोजना निर्माणको जिम्मा पाएको भारतीय ऊर्जा कम्पनी सतलजसँग १४ सूत्रीय माग राखेको छ । सदरमुकाम खाँदबारीमा आइतबार कार्यक्रम गरी मञ्चले उक्त माग अगाडी सारेको हो ।
मञ्चले परियोजना सञ्चालन आदिवासी घोषणा पत्र र अन्तर्रर्ााट्रय श्रम संगठन महासन्धि १६९ अनुरुप हुनर्ुपर्ने, स्वास्थ्यको राम्रो प्रबन्ध, परियोजनाका कारण विस्थापित परिवारको पुर्स्थापन र सुधार, पीडित परिवारलाइ एक घर एक सेयर, सुरक्षाको ग्यारेन्टीलगायतका माग राखेको छ । सतलजलले आफ्ना माग पुरा गरे अरुण तेस्रो निर्माणमा कुनै अवरोध नपुर्याउने र सक्दो सहयोग गर्ने मञ्चका संखुवासभा अध्यक्ष राजकुमार राइले बताए । अरुण तेस्रो निर्माणका लागि आफूहरुसँग अनुमति नलिएको भन्दै लिम्बुवान र खुम्बुवानले अरुण तेस्रो निर्माणको विरोध गर्दै आएका छन् ।
निर्माणको जिम्मा पाएको भारतीय ऊर्जा कम्पनी सतलजले गत कात्तिक २७ गते परियोजना को उद्घाटन गरिएको जनाएको छ ।
साभारः अन्नपर्ुण्ा पोष्ट, २०६५ मंसीर २५
