नौमुरे योजनाले ४ सय परिवार विस्थापित हुने

नुमराज खनाल

नौमुरे, ११ मंसिर-भारतले बनाइदिने घोषणा गरेको नौमुरे जलविद्युत् आयोजनाले प्यँठानका ४ सय परिवार विस्थापित हुने भएका छन् । प्यूठान र अर्घर्ााँची सीमाको राप्तीमा डेढ सय मिटर उचाइको ड्याम बाँधेर विद्युत् उत्पादन गर्ने योजना अघि बढेपछि बाँधमाथिका बासिन्दालाई डुबानमा पर्ने त्रास थपिएको छ । 'हाम्रो उठिबास हुने अवस्था आउलाजस्तो छ,' हंसपुर-७ का कृष्णबहादुर सारुले भने । डुबानको यकिन तथ्यांक नभए पनि बाँधले प्यँठानतर्फदाङवाङको डाब्र, हंसपुरको दोमही, मछडी, पनाहा, असुरेनी, बरौला र पकला गाउँहरू डुब्ने अवस्था छन् ।र् पर्यटकीय सम्भावनासमेत बोकेको धार्मिकस्थल ऐरावती बाँधबाट बढी प्रभावित हुने छ । आयोजना स्थलसंँग जोडिएको बांगेसाल गाविसका पर्ँवअध्यक्ष एवं एमाले प्यूठान सचिव धनबहादुर रायमाझी बाँधले ४ सय घर डुबाउने अनुमान गर्छन् ।

करिब चार सय घर विस्थापित हुने छन्,' रायमझीले कान्तिपुरसँग भने, 'उनीहरूको पुनर्वासका लागि सरकारले निर्माणअगाडि नै ठोस योजना तय गर्नुपर्छ ।' प्यूठान र अर्घर्ााँची दुवैतर्फो कडा पहाडको बीचमा बाँध बाध्ने र नदीमै २ सय ४५ मेगावाट विद्युत् उत्पादन गर्ने यो आयोजनाको चर्चासँगै स्थानीय बासिन्दा उत्साहित भएका छन् । आयोजनाको निर्माण हुने चर्चा चलेपछि विदेश जान लागेका समेत रोकिएको अर्घर्ााँची सिखौराका तिलबहादुर कुमालले बताए ।

साभारः कान्तिपुर दैनिक, २०६५ मंसिर १२