नौमुरेको सम्भ्ााव्यता अध्ययन गरिने
नेपाल समाचारपत्र, काठमाडौँ ।
सोमबारदेखि काठमाडौँमा शुरु भएको नेपाल-भारत संयुक्त बैठकमा प्रस्तावित नौमुरे बहुउद्देश्यीय जलविद्युत परियोजनाको सम्भ्ााव्यता अध्ययन गर्ने सहमति भएको हो ।यस्तै सप्तकोशी उच्च बाँध तथा सुनकोशी स्टोरेज डार्इभर्सनको सम्भाव्यता अध्ययनको म्याद थप्ने पनि सहमति भएको बैठकका एक सदस्यले जानकारी गराएका छन् ।
२ सय ४५ मेगावाटको नौमुरे जलविद्युत परियोजना भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण गर्न दुइ देशबीच सहमति भएको थियो । भारतको आर्थिक एवं प्राविधिक सहयोगमा अध्ययन शुरु भएको सप्तकोशी उच्च बाँध तथा सुनकोशी स्टोरेज डार्इभर्सन परियोजनाको अध्ययन कार्यमा अवरोध आएपछि यसलाइ निरन्तरता दिनका लागि म्याद थप गर्न दुइ देशका अधिकारी सहमत भएका छन् ।
यसै गरी कोशीबाढी, गण्डक महलीसागर, लक्ष्मणपुर, खर्ुदलोटन बाँधका समस्या तथा टनकपुर र पञ्चेश्वर परियोजनाका विषयमा अध्ययन गर्न दुइ मुलुकले संयुक्त प्राविधिक टोली गठन गर्ने विषयमा छलफल भए पनि निष्कर्षा नपुगेको जानकारी ती अधिकारीहरुले दिएका छन् ।
दुइ देशका प्रतिनिधिमण्डलले आज मंगलबार सप्तकोसी बाढीप्रभावित क्षेत्रको स्थलगत अध्ययन समेत गर्ने भएका छन् । सोमबारदेखी शुरु भएको छलफलमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व जलस्रोत सचिव शंकरप्रसाद कोइराला तथा भारतीय टोलीको नेतृत्व त्यहाँका जलस्रोत सचिव उमेशनाथ पञ्जियारले गर्नुभएको थियो ।
साभारः नेपाल समाचारपत्र २०६५ असोज १२
