नौमुरे जलविद्युत बारे छलफल गर्न माग

काठमाडौ, मंसीर १९ गते ।
व्यवस्थापिका संसदको बिहीबारको बैठकको विशेष समयमा भाग लिँदै विद्यायकहरुले नेपाल भारत सीमा विवाद छुवाछुतका घटना, हत्या, अपहरण जस्ता विषयमा सरकारको ध्यानाकर्षा गराउनुभयो । उहाँहरुले वाइसिएलको गतिविधि अराजक हुँदै गएको व्यक्तिहत्यको श्रृंखलालाइ प्रश्रय दिएको आरोप लगाउँदै यस्ता गतिविधि तत्काल बन्द गर्न सरकारसँग माग गर्नुभयो ।

नेकपा -माओवादी का मायाप्रसाद शर्माले जाजरकोट जिल्लाका गाविसमा सचिव गएका छैनन् भन्दै त्यहाँ नेपाली कांग्रेसका जितबहादुर गुरुङको नेतृत्वमा गएका मानिसहरुले सोझा जनतालाइ कुटपिट गरेकोमा विरोध जनाउनुभयो । नेकपा एमालेका भीमरावलले नेपालको दक्षिणी सिमानामा विवाद रहेको उल्लेख गर्दै त्यसबारे जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।

कालापानी र सुस्ताबाहेक अरु सबै क्षेत्रको समस्या समाधान भएको भनिए पनि कुन आधारमा समाधान भएको हो त्यसबारेमा सदनमा जानकारी गराउन परराष्ट्रमन्त्रीलाइ आग्रह गर्दै उहाँले विज्ञले तयार पारेको प्रतिवेदनको आधारमा सीमा रेखा तयार पार्नर्ुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका जीवनप्रेम श्रेष्ठले मनकामना केवलकारको सुरक्षा प्रदान गर्ने कम्पनीले कुनै पनि हडताल आन्दोलन गर्न नपाउने गरी सम्झौता भइ सुरक्षाकर्मी लिएकोमा मूलगेटमै ताला लगाएर बन्द गराएकोमा चिन्त्ाा व्यक्त गर्दै यस्ता कार्यलाइ नेकपा माओवादीले र्समर्थन गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले अविलम्ब केबलकार सञ्चालन गराउन पहल गर्न सभामुखमार्फ सरकारलाइ आग्रह गर्नुभयो । साथै उहाँले अपहरण, हत्या, हिंसा र घरजग्गा फिर्ता गराउन नसकेकोले सरकार पर्ूण्ातः असफल सावित भएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका सन्तबहादुर नेपालीले २०४७ सालको संविधानले नेपालको सन्धि सम्झौता गर्दा दुवै सदनबाट पारित हुनर्ुपर्ने कुरा भए पनि अहिले नौमुरे जलविद्युत आयोजना भारतले गर्न लागेको हुनाले सदनमा पहिले छलफल गरियोस् भनी आग्रह गर्नुभयो ।

साभारः गोरखापत्र दैनिक, २०६५ मंसीर २०