नौमुरेलाइ बहुउद्देश्यीय आयोजना बनाउन सुझाव

लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, पुस १५ गते । बहुप्रतिक्षित तथा बहुचर्चित राप्ती नदीस्थित नौमुरे जलविद्युत जलाशय आयोजनालाइ बहुउद्देश्यीय आयोजनाका रुपमा विकास गर्न विज्ञहरुले जोड दिएका छन् । वि.सं. २०१६ सालमा जलकुण्डी आयोजनाका नामले राजनीति वृत्तमा बहुचर्चित यो बहुउद्देश्यीय आयोजनालाइ जब विद्युत् उत्पादनसँगै सिँचाइ, बाढी नियन्त्रणलगायतका पक्षसँगै अगाडि बढाउनर्ुपर्ने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को केही महिनाअघि भारतको मैत्रीपर्ूण्ा भ्रमणका बेला २५० मेगावाट विद्युत् उत्पादन क्षमता भएको राप्ती नदीको नौमुरे जलविद्युत आयोजनालाइ अनुदानमा निर्माण गरिदिने कुरामा भारत सरकारले सहमति जनाएको थियो । देशमा ऊर्जा संकटको समस्यामा अल्भिmरकेका बेला नेपालले यस आयोजना निर्माणका लागि भारत सरकारसँग समन्वय गरी चाँडोभन्दा चाँडो निर्माणकार्यलाइ अघि बढाइनर्ुपर्ने बताइएको छ ।

प्यूठान र अर्घर्ााँची जिल्लाको सीमाक्षेत्र माडी खोला र झिम्रुक खोलाको दोभानदेखी दुइ किलोमिटर दक्षिण क्षेत्रमा उच्च बाँध निर्माण गरी विद्युत् उत्पादन गर्ने प्रस्ताव गरिएको छ । १६९ मिटर अग्लो बाँध निर्माण गर्ने लक्ष्य लिइएको सो आयोजनाबाट नेपालले दाङ जिल्लाको भालुवाङमा सानो बाँध बाँधेर पश्चिम कपिलवस्तुको हजारौँ हेक्टर सुख्खा जमिन सिँचाइ गर्ने विषयमा यसअघि नै अध्ययन गरिसकेको छ ।र् वर्तमान सरकारद्वारा गठित नेपालमा जलस्रोतको सम्भाव्यता अध्ययन टोलीका संयोजक एवं जलस्रोतविद् सोमनाथ पौडेलले भन्नुभयो -'नौमूरे जलविद्युत आयोजनालाइ विद्युत् उत्पादन सँगसँगै आयोजनाबाट सिँचाइ, बाढी नियन्त्रणका दृष्टिले दुवै देशको हितमा कसरी निर्माण गर्न सकिन्छ भन्ने कुरामा लाग्नर्ुपर्छ ।'

जलस्रोत मन्त्रालयका अनुसार माडी खोलाबाट पानीको निकास निकाली दाङ जिल्लाको तर्पणा क्षेत्र पनि सिँचाइ गर्नका लागि अध्ययन भइसकेको छ । संयोजक पौडेलले भन्नुभयो । 'विद्युत् सँगै सिँचाइका  आयोजनाहरु प्राविधिक रुपमा 'सम्भाव्य' छन् यसका लागि दुइ देश सहमतिमा आउनर्ुपर्छ ।'र् अर्थविद् डा. डिल्लीराज खनालको धारणा पनि नौमुरे जलविद्युत आयोजनालाइ बहुउद्देश्यीय आयोजनाका रुपमा विकसित गर्नर्ुपर्ने रहेकेा छ । 'यो जलासययुक्त आयोजना भएकाले यसबाट विद्युत्का साथै सिँचाइको फाइदालाइ पन लिनसक्नर्ुपर्छ ।

भालुवाङमा निर्माण हुने सानो बाँधबाट सिँचाइ मात्र नभइ त्यहाँबाट थप बिजुली उत्पादन गर्न सक्नर्ुपर्छ ।'र्
अर्थविद् डा. खनालले भन्नुभयो ।उहाँका अनुसार अर्घर्ााँची जिल्लाको जलुके गाउँ विकास समितिको नौमुरे टोलका समिती स्थानीय बासिन्दा डुबानमा पर्ने र उहाँहरुको उचित पुनर्स्थापन ागर्न सके कम क्षतिमा नेपाललाइ ठूलो लाभ प्राप्त गर्न सकिन्छ ।

अर्का जलस्रोतविद् डा. आनन्दबहादुर थापाले भन्नुभयो-'नौमुरे आयोजनालाइ निर्माण गर्नुभन्दा अघि नै विस्तृत अध्ययन गरी बहुउद्देश्यीय कसरी बनाउन सकिन्छ भन्ने कुरामा आम राजनीतिक सहमति जुटाउन सक्नर्ुपर्छ ।'

जलासययुक्त आयोजनाबाट निकास हुने पानीको अन्तर्रर्ााट्रय जगतमा पानी लिने राष्ट्रले रकम तिर्नर्ुपर्ने कुरामा पनि सचेत हुनर्ुपर्ने उहाँले बताउनुभयो । 'नेपाल र भारत दुवै देशलाइ बढीभन्दा बढी फाइदा हुने पक्षमा थप प्राविधिक अध्ययन गर्नु जरुरी छ ।'

गत महिना काठमाडौँमा सम्पन्न नेपाल भारत जलस्रोत सचिवस्तरीय बैठकमा समेत तत्काल नौमुरे जलविद्युत आयोजनासम्बन्धी अध्ययन सुरु गर्ने र पश्चिम कपिलवस्तुको सिँचाइका सवालमा सम्भाव्यता अध्ययन गर्ने कुरामा सहमति भएको छ । नौमुरे जलविद्युत् आयोजनाको कामलाइ अघि बढाउन भारत सरकारसँग समन्वय गर्न शुक्रबार मन्त्रिपरिषद्द्वारा निर्ण्र्ाासमेत गरेको छ ।

साभारः गोरखापत्र दैनिक, २०६५ पौष १६