मेलम्ची ऐन मिचियो, ११ करोड राजश्व घाटा

दृष्टि संवाददाता

काठमार्र्डौँ उपत्यकाबासीका लागि वषर्ाैँदेखी सपना बाँडिरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक गजेन्द्र ठाकुरको नालायक नेतृत्वका कारण मेलम्चीको पानी काठमाडौँ आउने दिने झन् पर सरेको छ ।

निर्देशक ठाकुरको व्यवस्थापनका कारण मेलम्ची आयोजनाबाट नेपाल सरकारले करिब ११ करोड रुपैयाँ राजश्व गुमाउनुपरेको छ । र्सार्वजनिक खरिद ऐनले किटान गरेको व्यवस्था र्सार्वजनिक खरिद ऐनले किटान गरेको व्यवस्था मेलम्चीमा लत्याईँदा राष्ट्र्रको ढुकुटीमा आउनर्ुपर्ने उक्त रकम आउनसकेको छैन । र्सार्वजनिक खरिद ऐन २०६४ अनुसार कुनै विदेशी ठेकेदारले नेपालमा काम गर्नका लागि विदेशी ठेकेदारले नेपालमा काम गर्नका लागि विदेशी बैंकको बिडबण्ड राखेको अवस्थामा नेपाली बंँैकबाट त्यसबापत कूल ठेक्का रकमको अर्ढाई प्रतिशत रकम काउण्टर ग्यारेन्टी राख्नर्ुपर्ने व्यवस्था छ । यो नराख्दा प्रतिवर्ष१२ लाखका दरले राजस्व गुमेको छ ।

मेलम्ची आयोजनाका निर्देशक ठाकुरले ऐनको प्रावधान ठाडै मिचेर आयोजनाको सुरुङ निर्माण सम्झौता गरेका छन् । मेलम्ची आयोजनाको २६ दशमलव ३ किलोमिटर लामो सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी रेल्वे १५ ब्यूरो ग्रुप कर्पाेरशनसँग चार अर्ब २८ करोड रुपैयाँमा ठेक्का सम्झौता भईसकेको छ । र्सार्वजनिक खरिद ऐन अनुसार सुरुङ निर्माणको ठेक्का लिने रेल्वे कर्पोरेशनले चिनियाँ बैंकको ग्यारेन्टी राखेकाले नेपाली बंैकको काउन्टर ग्यारेन्टीबापत कूल ठेक्का रकम ४ अरब २८ करोडको २ दशमलव ५ प्रतिशतले हुने १० करोड ७० लाख रुपैयाँ बराबरको काउन्टर ग्यारेन्टी राखिएको छैन ।

खानेपानी विभागमा असक्षम इन्जिनियरका रुपमा परिचित ठाकुर पर्ूव सरकारका पालामा परराष्ट्र्रमन्त्री उपेन्द्र यादवमार्फ् मेलम्ची आयोजनाको कार्यकारी निर्देशक भएका थिए ।
नेतृत्वमा बसेर मेलम्ची तहसनहस बनाएका ठाकुरले संस्थालाई दुहुनो गाई बनाएको भए पनि अख्तियारले चासो दिएको छैन । एउटा ठेक्कामा राष्ट्र्रलाई ११ करोड राजस्व घाटा लाग्ने काम ठाकुरले ठेकेदारसँग मिलेर गरेको स्रोत बताउँछ ।

आउँदैन पानी
पाँच वर्षा मेलम्चीको पानी काठमार्र्डौँबासीलाई खुवाउने उद्घोषका साथ गत साउन १९ गते सुरुङको उद्घाटन भए पनि सुरुङ खन्ने काम तीन महिना बितिसक्दासम्म सुरु हुनसकेको छैन । स्थानीय बासिन्दाको माग सम्बोधन नगरी सुरुङको शिलन्यास भएको भोलिपल्टै चारवटा विभिन्न संस्थाले मेलम्चीको योजना कार्यालयमा लगाएका चारवटा ताला यो समाचार तयार पार्दा सम्म पनि खुलेका छैनन् ।

अचम्म त के भने ताला लागेको तीन महिना बितिसक्दा पनि मेलम्ची आयोजनाका तर्फाट उक्त ताला खोल्ने पहलसम्म भएको छैन । मेलम्चीको सामाजिक क्षेत्र हर्ेर्ने परामर्शदाता बिल्डिङ डिजाईन अथोरिटि -बीडीए) सूत्रका अनुसार आयोजनाका कार्यकारी निर्देशक ठाकुर, उपकार्यकारी निर्देशकद्वय नरेन्द्र बराल र भरतबहादुर केसीको व्यक्तिगत महत्वकांक्षाको कारणले ताला खुल्न नसकेको हो । 'आयोजनाका यी तीनवटै पदाधिकारीहरु आयोजनाप्रति इमान्दार भईदिएका भए यत्रो अवधिसम्म आयोजनाले बन्दी बनेर रहनर्ुपर्ने थिएन । आयोजनामा यस्तै प्रवृत्ति रहने हो भने काठमाडौँबासीले मेलम्चीको पानीको आश मारे हुन्छ' । सुत्रको दावी छ ।

साभारः दृष्टि साप्ताहिक, २०६६ कात्तिक १७