मेलम्चीको भविष्य दाताको निर्ण्र्ााा

प्रमुख दाता एसियाली विकास बैंकले कर्जा स्वीकृत गरेमा सन् २००९ को जनवरीदेखि सुरूङ खन्न सुरू गरिने मेलम्ची खानेपानी अयोजनाका अधिकारीहरूले बताएका छन् । आयोजनाको सुरूङ मार्ग निर्माण ५४ महिलनाभित्र सक्ने लक्ष्य छ ।

नेपाल वातावरण पत्रकार समूहले आइतबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा आयोजनाका उपकार्यकारी निर्देशक कृष्ण राणाले एसियाली विकास बैंकले ऋण समय बढाउन ढिला गरेकाले आयोजनाको काम प्रभावित भएको बताए । ८ प|mेबुअरीमा मनिलामा आयोजना हुने बैंकको बोर्ड बैठकमा मेलम्ची खानेपानी आयोजनाको ऋण समय बढाउने प्रस्ताव पेस हुने राणाले जानकारी दिए ।

हालसम्म मेलम्ची खानेपानी आयोजनामा दाता र सरकारको गरी चार अर्ब ६० करोड रूपैयाँ खर्च भएको छ । खर्च भएको अधिकांश रकम मुआब्जा वितरण, सामुदायिक उत्थान कार्यक्रम र आयोजनाका कर्मचारकिो सेवा सुविधामा लगाइएको छ भने एक अर्ब रूपैयाँ मात्र आयोजनाकाृे भौतिक पर्ूवाधार निर्माणमा खर्च भएको छ । कार्यक्रममा उपकार्यकारी निर्देशक राणाले अहिलेसम्म आयोजना स्थल जाने दर्ुइ किलोमिटर बाटो बनाउन बाँकी रहेको बताए ।
टनेल निर्माण र सुन्दरीजलमा पानी प्रशोधन केनद्र स्तथापना आयोजनाको मुख्य कार्य हो । उपत्यकामा खानेपानीको बढ्दो माग पूरा गर्न अगाढि सारिएको मेलम्ची खानेपानी अयोजनाबाट स्थानीय बासिन्दाले 'लेबी' खोज्ने गरेको समूहका महासचिव भूपेन्द्र बस्नेत बताउँछन् ।

आयोजनामा लागतभन्दा कम मुल्यमा ठेक्का दिने प्रचलन रहेको बताउँदै बस्नेतले भने, 'ठेकेदार र आयोजनाका कर्मचारीको कुरा मिल्दासम्म निर्माण सुचारू हुन्छ । त्यसपछि बीचैमा ठेक्का छाड्ने प्रवृत्तिले पनि आयोजना निर्माणमा ढिला हुँदै गएको छ ।'

उर्जाविज्ञ रच्तसंसार श्रेष्ठ विद्यमान कानुनि व्यवस्थाको आधारमा खानेपानी आयोजनाबाट प्रभावित क्षेत्रलाई रोयल्टी दिन नमिल्ने दाबी गर्दछन् । उनी भन्छन्, 'यसका लागि मेलम्ची आयोजनामा जलविद्युत् उत्पादनसम्बन्धी परियोजना पनि थप्नर्ुपर्छ । अहिले मेलम्चीको पानी काठमाडौँ आउने समयमा जलविदुत निर्माण गरेर पनि योजना सम्पन्न गर्न सकिन्छ ।'

२००७ को अन्तिमसम्म निर्माण कार्य सक्ने गरी १ नोभेम्बर २००१ बाट मेलम्ची आयोजना सुरू गरिएको थियो । सुरूमा आयोाजनाबाट विद्युत्समेत उत्पादन गर्ने सोच अघि सारिए पनि एडिबीले विद्युत उत्पादन परियोजना आयोजनाबाट अलग गर्दा लागत क मगर्नसक्ने अवधारणा अगाडि सारेको थियो । यो अवधारणाअनुरूप पछि विद्युत् निर्माण कार्य अलग गरी आयोजनालाई मात्रै अगाडि बढाइएको थियो । मेलम्ची आयोजनालाई बहुउद्देश्यीय बनाउन नर्वेजियन कम्पनीहरूले केही समयदेखि प्रस्ताव अघि सार्दै आएका छन् ।

काठमाडौँ महानगरपालिकाका पर्ूवमेयर केशव स्थापितले आयोजनाबाट मेलम्चीका जनताले पाउने फाइदाबारे प्रष्ट पार्न सके आयोजना निर्माणमा सघाउने बताए ।

साभार ः नयाँ पत्रिका, २०६४ माघ ७