नेपालले भारतसँग गरेको महाकाली सन्धि तत्काल खारेज गर्नर्ुपर्ने नागरिक अगुवाहरुको माग
हटलाईन संवाददाता
पोखरा ४ मंसिर
नेपालले भारतसँग गरेको महाकाली सन्धि तत्काल खारेज गर्नर्ुपर्ने नागरिक अगुवा गोपाल शिवाकोटीले आज पोखरामा आयोजित एक कार्यक्रममा बताउनु भएको छ ।
नेपालले १३ वर्षपहिला भारतँग गरेको सन्धिमा हाल सम्म् पनि भारतले एकाधिकार जमाउँदासमेत नेपालका नेता तथा सरकार लाचार भएर बसेकोमा गुनासो गर्दै उहाँले महाकाली सन्धि तत्काल खारेज गर्नर्ुपर्ने बताउनुभएको हो । महाकाली सन्धिको धारा नम्बर १२ र उपधारा ३ मा उल्लेख भएअनुसार कम्तीमा पनि १०/१० वर्षा भारत र नेपालबिच पुनरवलोकन गर्नर्ुपर्ने उल्लेख भए पनि हालसम्म कार्यान्वयन हुन नसकेकोले पनि खारेजी गर्नुपर्ने, महाकलि पुरै नेपालको भएकोले पानी र बिजुलीको उचित मूल्य पाउनर्ुपर्ने समेत शिवाकोटीले बताउनुभयो ।
नेपाल भारत जलस्रोत बैठकको अवसरमा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, जल तथा ऊर्जा उपभोक्ता महासंघ र हिमालयन एण्ड पेनिन्सुलर हाईड्रोइकोलोजिकल नेर्टवर्कको संयुक्त आयोजनामा राष्ट्रघाती महाकाली सन्धि र पञ्चेश्वर बाँध विवाद र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नु अधिकांश वक्ताहरुले समेत महाकाली सन्धिलाई खारेज गर्न माग गरेका थिए ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष टेकनाथ बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्राध्यापक डा. भवानी पाण्डे, अधिवक्ता मूपनिधि पन्त र रामप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो ।
नेपाल भारत जलस्रोत बैठक भोलिदेखि पोखरामा हुने भएको छ । दर्ुइदिन सम्म चल्ने कार्यक्रममा भारतीय राजदूत राकेश सुद आज पोखरा आईसक्नुभएको छ ।
साभारः पोखरा हटलाईन, राष्ट्रिय दैनिक, २०६६ मंसीर ५