महाकाली सिँचाइ तेस्रो चरण निर्माण सुरु

कान्तिपुर संवाददाता
महेन्द्रनगर, ३ पुस-महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअर्न्तर्गत पहिलो खण्डको मूलनहर निर्माण सुरु भएको छ । ब्रहृमदेवनजिक गताडी खोलाको पश्चिम किनाराबाट ३ किलोमिटर मूलनहर निर्माणका लागि साढे ६ करोडमा ठेक्का दिइएको आयोजना प्रमुख चञ्चलसिंह बिष्टले बताए । आयोजनाले यो खण्डका लागि १८ हेक्टर जग्गा अध्रि्रहरण गरेको छ । बहुचर्चित महाकाली सन्धि सम्पन्न भएपछि नेपालले ब्रह्मदेवनजिक टनकपुर जलविद्युत आयोजनाको जलाशयबाट सुक्खायाममा ३ सय र वषर्ायाममा १ हजार क्युसेक पानी नेपालतर्फसिँचाइका लागि पाउने प्रावधान छ ।

बिष्टका अनुसार दर्ुइ देशबीचको सन्धिका आधारमा टनकपुर बाँधदेखि सीमाक्षेत्रसम्मको १ हजार २ सय  मिटर मूलनहर निर्माण भारतीय पक्षले गर्नेछ । नेपालतर्फो निर्माण कार्य सुरु भएलगत्तै भारतीय पक्षले आफ्नो तर्फाट गर्नुपर्ने निर्माणमा चासो देखाएको छ । 'भारतीय प्राविधिकसँग छलफल चलिरहेको छ, उनीहरूले पनि नेपाल जोड्ने नहर निर्माण चाँडै सुरु गर्नेछन्,' आयोजना प्रमुख बिष्टले भने ।

हालै काठमाडौंमा दुवै देशका उच्च अधिकारीबीच भएको छलफलमा समेत भारततर्फो मँलनहर निर्माणलाई दुवै पक्षले प्राथमिकता दिएको आयोजना प्रमुख बिष्टले जानकारी दिए । यसअघि महाकाली सिँचाइ परियोजनाको पहिलो तथा दोस्रो चरणको नहर निर्माण कार्य विश्व बंैकको ऋण सहयोगमा कोरियाली तथा भारतीय निर्माण कम्पनीबाट भएको हो ।

तेस्रो चरणको विस्तृत आयोजना प्रतिवेदन तयार भएको ६ वर्षछि इस्टिमेट परिमार्जन गरी सरकार आफैंले विभिन्न प्याकेजमा निर्माण गर्न थालेको हो । आयोजना सम्पन्न भएपछि यसले कञ्चनपुर र कैलालीको ३३ हजार ५ सय २० हेक्टर जमिनमा सिँचाइ हुन्छ । सुविधा उपलब्ध हुनेछ ।

साभारः कान्तिपुर दैनिक २०६५ पुस ४