कुलेखानी दोस्रो सञ्चालनमा
कान्तिपुर संवाददाता, हेटौडा, चैत १५
विगत एक वर्षेखी ब्रि्रीएको कुलेखानी जलविद्युत् आयोजना दोस्रोको १६ मेगावाट विद्युत् उत्पादन गर्ने र्टवाइन शुक्रबारदेखी सञ्चालनमा आएको छ । गतवर्षचैत्र ८ गते र्टवाइनको भित्री भाग जलेर मर्मत गरिएको थियो । बाँकी भागको जापानी प्राविधिकहरू उत्पादनगृहमै पसेर मर्मत कार्य सम्पन्न गरेका थिए ।
फुजी इलेक्टि्रक कम्पनी जापानका १० जना कुलेखानी दोस्रोका १५ जना प्राविधिकहरू लगातार रूपमा चारमहिना खटेपछि तोकिएको समयभन्दा तीन दीत अघि नै र्टवाइनको मर्मतकार्य सम्पन्न गरेका हुन् । मार्च ३१ मा सम्पन्न गर्ने लक्ष्य लिएर जापानी प्राविधिकहरू मर्मत कार्यमा जुटेका थिए ।
जापानी र कुलेखानीका प्राविधिकहरू संयुक्त रूपमा रातदिन खटेकाले तोकिएको समयभन्दा अगावै मर्मत कार्य सम्पन्न गरेर उत्पादन सुरू गरेको कुलेखानी जलविद्युत आयोजना दोस्रोका इन्जिनियर रमेश तिवारीले बताए । एक वर्षघि बिग्रिएको र्टवाइन सञ्चालनमा आएपछि शुक्रबार बेलुकीदेखी कुलेखानी प्रथम र दोस्रोबाट १२ मेगावाट विद्युत् उत्पादन हुनेछ । यसअघि ७६ मेगावाट विद्युत् उत्पादन भइरहेको थियो ।
कुलेखानी प्रथमबाट ६० र दोस्रोबाट ३२ मेगावाट विद्युत् उत्पादन हुने गर्छ । दोस्रोको १६ मेगावाट विद्युत् उत्पादन गर्ने र्टवाइन बिग्रिएकोले यस आयोजनाबाट १६ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको थियो । करिब ३५ करोडको लागतमा र्टवाइनको मर्मत कार्य सम्पन्न गरी विद्युत् उत्पादन भएपछि कुलेखानी दोस्रोबाट पनि शुक्रबारदेखी ३२ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।
गत माघमा कुलेखानी दोस्रोको दुवै र्टवाइन ब्रि्रेका थिए । पछिल्लोपटक माघमा बिग्रिएको र्टवाइनको तीन सातापछि मर्मत कार्य गरेर गत फागुन ७ गतेदेखी विद्युत् उत्पादन सुरू गरेको थियो ।
कुलेखानी दोस्रोको एक वर्षअघि बिग्रिएको र्टवाइनको मर्मत कार्य सकेर विद्युत् उत्पादन भएपछि लोडसेडिङको समय कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
२५ मीटर पानी बाँकी
सुख्खायाममा विद्युत् उत्पादन गर्न संकलीत कुलेखानी जलविद्युत आयोजनाका जलाशयमा पानीको सतह २५ मीटर घटेको छ । जलाधार क्षेत्रमा फागुन र चैतमा वषर्ा नभएकोले सतह घटेको हो । आयोजना प्रमुख अवधेश सिंहले जलाशयमा बुधबार बिहानसम्म समुन्द्री सतहबाट १ हजार ५ सय ५ मीटर पानीको सतह घटिसकेको छ, उनले भने । विद्युत् उत्पादन गर्न अब २५ मिटर मात्र पानीको सतहबाँकी छ । उनले सरोवरको सतह दैनीक ५० सेन्टीमिटरको हाराहारीमा तल र्झने गरेको बताए ।
संकलीत पानीबाट कुलेखानी प्रथम ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । सरोवरमा समुद्री सतहबाट न्यूनतम १ हजार ४ सय ८० मीटरसम्म पानी भए विद्युत् उत्पादन गरिन्छ । पानीको सतह न्यूनतम विन्दुभन्दा तल झरे विद्युत् प्राधिकरणले लोडसेडिङको समय थप गर्न बाध्य हुनेछ ।
