अख्तियारद्वाराकेयुकेएलमाथिअनुसन्धान
कल्पना घिमिरे
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका खानेपानी लिमिटेड
-केयूकेएल) द्वारा वितरित खानेपानीमा अनियमितता भएको आशंकामा छानबिन सुरु गरेको छ ।
अनुसन्धानका क्रममा आयोगले भक्तपुर बोडे टि्रटमेन्ट प्लान्टबाट वितरण हुने पानीमा भक्तपुर, ठिमी, बानेश्वर र त्रिपुरेश्वर शाखामार्फत विपरीत पानीमा संस्था प्रमुख, कार्यालय प्रमुख र वितरण प्रमुखको मिलेमतोमा वितरण भएको आशंकमा आयोगले अनुसन्धान सुरु गरेको हो ।
ती शाखामार्फत वितरण हुने पानीमा संस्था प्रमुख, कार्यालय प्रमुख र वितरण प्रमुख समेतको मिलेमतोमा सम्बन्धित शाखाको तल्लो तहका प्लम्बर, सुपरभाइजर, भल्ब अपरेटर लगायतका कर्मचारीसँग मिलेर टोलटोलबाट महिनावारी रकम उठाउन लगाई पैसा दिने एरियामा मात्र पानी वितरण गरेको आशंकामा अनुसन्धान सुरु गरेको हो ।
केही समयअघि खानेपानी संस्थानबाटै काजमा आयोग पुगेका हेमराज भट्टराइलाई अनुसन्धान अधिकृत बनाएर छानबिन सुरु गरेको छ । आयोगका प्रमुख आयुक्त ललितबहादुर लिम्बुका अनुसार केयूकेएलमा पानी वितरणमा भ्रष्टाचार भएको आशंकामा छानबिन सुरु गरिएको हो ।
उनले भने, 'टोलटोलमा पैसा उठाएर पानी छोड्ने र पैसा नपाएको टोलमा पानी रोक्ने गरेकाले विस्तृत विवरण पठाउनका लागि पत्र पठाएको हो ।' उनी आफंै खानेपानी नपाएर पीडित भएको बताए ।
केयूकेएलका कर्मचारी भने आफ्नै संस्थामा काम गरेर काजमा खटिएका हेमराज भट्टराई अनुसन्धान अधिकृत भएर आउनु नमिल्ने बताउँँछन् । एक कर्मचारीले भने, 'केही समयअघि यसैका अनुसार आयोगले पूर्वाग्रही ढंगले उनलाई केयूकेएलमा पठाएको हो ।'
अख्तियारले सात दिनभित्रमा सबै विवरण पेस गर्न म्याद दिएको थियो तर केयूकेएलले अझै विस्तृत विवरण बुझाएको छैन ।
आयोगले बोडे टि्रटमेन्ट प्लान्टमा जम्मा हुने दैनिक पानीको मापन, उत्पादन, दैनिक विद्युत् खर्च, केमिकल खर्च, मासिक महसुल आम्दानीलगायतमा विस्तृत विवरण बुझाउन माग गरेको छ ।
Source: साभार- कान्तिपुर दैनिक, २०६६ असोज २८