कोशी फर्काउने दोस्रो विकल्प विफल

महेन्द्र विष्ट, मोरङ समाचारदाता

विराटनगर, मंसीर ३ गते । पाइलट च्यानल र प्रकुपाइनको माध्यमबाट कोशीलाई पुरानै धारमा फर्काउन नसकेपछि अब कर्फ्याम निर्माण गरिने भएको छ । विराटनगरस्थित कोशी सर्म्पर्क कार्यालयका अनुसार  र्फ्याम भनेको बगिरहेको पानीको बहावलाई अर्काे दिशातर्फफर्काउन बगिरहेको स्थानमा निर्माण गरिने बाँध हो ।

यसका लागि ८ मीटर लम्ब्ाइ र ८ इन्च गोलाइ भएका सखुवाका खम्बाहरु आपसमा जोडेर पानी बगिरहेको धारतर्फगाडिन्छ र बोरामा बालुवा तथा तारजालीमा ढुंगा भरेर माथिबाट खसाइ बाँध निर्माण गरिन्छ । यसरी कर्फ्याम निर्माण गरेपपिछ पानीको बहाव फर्किएर पुरानै धारतर्फजाने शतप्रतिशत सम्भावना रहेको कोशी सर्म्पर्क कार्यालयका सहायक प्रमुख नगेन्द्र देवकोटा बताउनुहुन्छ । उक्त कर्फ्याम लौकहीदेखी १४ किलोमिटर उत्तरतर्फनिर्माण गर्न लागिहेको उहाँले जानकारी गराउनुभयो ।

त्यसका लागि ८ मीटर लम्बाइ र ८ इन्च चौडाइ भएका दुइ हजार थान सखुवाका खम्बा आवश्यक पर्ने भारतीइ प्राविधिकहरुले जनाएका छन् । आवश्यक सखुवाका खम्बाहरु सुनसरी मोरङमा उपलब्ध नभएपछि झापाका विभिन्न सामुदायिक वनहरुलाई सखुवाका आवश्यक खम्बाहरु उपलब्ध गराउन पत्राचारसमेत गरेको कार्यालयले जनाएको छ ।

यसअघि चारतीय प्राविधिकहरुले कोशीलाई पुरानै धारमा फर्काउन कोशीको पश्चिमतर्फपाइलट च्यानल निर्माण गरेका थिए तर अहिले कोशीमा पानीको मात्रा कम भएका कारण पाइलट च्यानलमार्फ कोशीको पानी पश्चिमतर्फजान नसकेको सहायक प्रमुख देवकोटाले बताउनुभयो । निर्माणाधीन पाइलट च्यानलमा बालुवा अत्याधिक मात्रामा निस्किएको र कोसीमा पानीको बहाव कम भएकाले उक्त बालुवा बगाउन नसकेकाले कोशीलाई पुरानै धारमा फर्काउन पाइलट च्यानल असफल भएको हो ।

'पाइलट च्यानल असफल भएपछि कोशीको पानीलाइ पुरानै धारमा फर्काउन पर्कुपाइन निर्माण गरियो तर त्यो पनि असफल भयो' उहाँले भन्नुभयो ।र् पर्कुपाइन भनेको सिमेन्टका पिलरहरुलाई आपसमा जोडेर ठूलो बनाइ पानी बगिरहेको धारतर्फगाड्दै बाँध निर्माण गरिने कायर् हो तर सिमेन्टका खम्बाहरु गह्रौँ भएका कारण जमीनमुनी गाड्न माथीबाट ठोक्न नसकिएको देवकोटाले बताउनुभयो । पर्कुपाइन लौकहीदेखी १७ किलोमीटर उत्तरमा ३५० मीटर क्षेत्रमा निर्माण गरिएको थियो ।

हाल कोशीलाई पुरानै धारमा फर्काउन बिहारको जल संशोधन विभाग अर्न्तर्गतका विभिन्न आठवटा डिभिजन कार्यालयका प्राविधिकहरुले काम गरिरहेका छन् । जसमा सिँचाइ डिभिजन बथनाह, आयोजना एवं प्रोजेक्ट प्रिपेरियसन डिभिजन पूर्णर्ीया, जल निर्सन, प्रमण्डल राधापुर, पूणिर्या तटबन्ध डिभिजन वीरपुर, सिस्कार्य डिभिजन वीरपुर, पर्ूर्वी कोशी नहर डिभिजन खुटौना, पर्ूर्वी तटबन्धन डिभिजन दुइ वीरपुर र पश्चिम तटबन्ध डिभिजन कुनौली रहेका प्राविधिकहरु क्रियाशील रहेका छन् तर नेपालमा कोशीलाई पुरानै धारतर्फफर्काउन भारतीइ प्राविधिकहरुले ढिलाइ गरिरहेको आरोप विभिन्न क्षेत्रबाट लाग्दै आइरहेको छ । एक महिनाभित्र चतरामा फेरी चल्ने उर्लाबारी मोरङ मंसीर ३ गते । सप्तकोशी नदीको तटबन्ध भत्किएपछि सुनसरीको चतरामा सञ्चालन गर्न लागिएको फेरी एक महिनाभित्र बन्ने बताइएको छ ।

सवारी साधन वारपार गर्नका लागि सरकारले फेरी सञ्चालनका लागि कात्तिकदेखी भौतिक पर्ूवाधार निर्माणकार्य थालेकामा अब एक महिनाभित्रमा पुरा हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी दर्ुगा भण्डारीले बताउनुभयो । फेरी सञ्चालनका लागि मंसीरको पहिलो सातासम्ममा भौतिक पर्ूवाधार निर्माण पुरा गर्ने भनिएपनि सामान आइनपुग्दा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो ।

यसैबीच चतरामा फेरी सञ्चालन भएपछि चहलपहल बढी हुने झुम्का, चतरा र धरान-चनरा सडक खण्डमा ग्राभेल गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । भदौ २ गते सुनसरीको पश्चिम कुसाहा ४ मा नदीको तटबन्ध भत्किएपछि सवारी साधन अवरुद्ध भएको छ ।

साभारः गोरखापत्र दैनिक, २०६५ मंसीर ४