कोसी कटानका विस्थापित संर्घष्ामा उत्रने | उच्च बाँध बनाउनको हातखुट्टा भाँच्छौं | उच्च बाँध बनाउनको हातखुट्टा भाँच्छौं

कोसी कटानका विस्थापित संर्घष्ामा उत्रने

राजावास, ७ असारः पटक-पटकको कोसी कटानबाट विस्थापितहरु मुआब्जाका लागि संर्घष्ामा उत्रने भएका छन् । २०२४ सालदेखिको कटानबाट विस्थापित भएका प्रकाशपुर, महेन्द्रनगर र बराहक्षेत्रका बासिन्दा पटक-पटकको प्रयासमा पनि मुआब्जा नपाएपछि संर्घष्ामा उत्रने भएका हुन् । पीडितहरुको प्रकाशपुर, महेन्द्रनगर, बराहक्षेप, सप्तकोसी बाढिपीडित संर्घष्ा समितिले आइतबार राजावासस्थित बाधडाँडामा आयोजना गरेको विशाल विरोध सभामा पीडितहरुल आक्रोशित बन्दै जस्तैसुकै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । २०२४, ०४०, ०४२, ०४६ र ०४७ सालमा गरी सो क्षेत्रबाट ४ हजार ६ सय ३० परिवार विस्थापित भएका थिए भने ३ हजार ६० विघा, ९ कठ्ठा १७ धुर जमिन डुबेको थियो । त्यस बाहेक कयौको ज्यान समेत गएको थियो । धेरैजसो पीडितले अहिलेसम्म जग्गाको मालपोत तिर्दै आएका छन् तर सरकारले पटक-पटक छानविन आयोग बनाएपनि उनिहरुले मुआब्जा पाउन सकेका छैनन् ।

कार्यक्रममा बोल्दै संर्घष्ा समितिका अध्यक्ष जोनि सुब्बाले भने 'हाम्रो अब जस्तोसुकै आन्दोलन गर्न तयार छौ । मर्न पनि पछि पर्दैनौ ।' अर्का पीडित दिपक लिम्बूले पनि आक्रोशित बन्दै भने 'खतिवडा आयोगले पनि भ्रमण भत्ताका नाममा पैसा सक्ने काम मात्र गर्‍यो, मैले आवाज उठाउँदा उल्टै असफल बनाउन खोजिया ।' स्थानीय युधिष्ठिर चन्द्रवंशीले नेताले पटक-पटक आश्वासन दिएपनि काम नगरेको आरोप लगाए । उनले भने 'कोसीले धेरैलाई मसान बनायो, त्यसको क्षतिपर्ूर्ति नपाए हामीपनि मसान बन्न तयार छौ ।' प्रकाशपुर युवा जमानका अध्यक्ष प्रदीप र्राईले बाढी पीडितका लागि जस्तोसुकै अवस्थामा पनि साथ दिने बताए ।

कार्यक्रमका प्रमुख वक्ता फास्ट टाइम्सका सम्पादक केशव घिमिरेले मुआब्जा पाउनका लागि स्थानीयवासी एक भएर अघि बढ्नुको विकल्प नभएको बताए । सरकारले पछिल्लो पटक खटाएको रामप्रसाद खतिवडा संयोजक रहेको आयोगले ९० लाख खर्च गरेर प्रतिवेदन बनाए पनि हालसम्म लुकाएर राखेको बताए । घिमिरेले भने 'त्यो प्रतिवेदन स्थानीयवासीलाई देखाइएको छैन । र्सार्वजनिक गरिनु पर्‍थ्यो ।'

कार्यक्रममा मानव अधिकारकर्मी राम कोइराला र दुचेप नेपालका रविन घिमिरे, अभियान नेपालका योगराज खड्काले वर्षस्थानीयवासीले अधिकार खोज्न आफै अग्रसर हुनर्ुपर्ने बताए ।

पीडितहरुले आयोगको प्रतिवेदन र्सार्वजनिक मुआब्जा प्रदान लगायतका माग राख्दै हस्ताक्षर समेत संकलन गरका छन् । सो हस्ताक्षर प्रशासन मार्फ प्रधानमन्त्रीलाई बुझाइने बताइएको छ । कार्यक्रम पदम सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

साभार ः फास्ट टाइम दैनिक, २०६६ असार ८

 

उच्च बाँध बनाउनको हातखुट्टा भाँच्छौं

फास्ट संवाददाता
राजावास, ७ असारः बषर्ाैदेखि कोसी पीडित बन्दै आएकाहरुले सप्तकोसीमा उच्च बाँध बनाउन कुनै हालतमा नदिने घोषणा गरेका छन् । कार्यक्रममा अधिकांश वक्ताहरुले उच्च बाँध बनाए नेपाली जनताले सास्ती मात्र खेप्नु पर्ने भन्दै भारतीय राजदुत राकेश सुदले एक साता अघि उच्च बाँध बनाउनु पर्छ भनेकोमा आपत्ति जनाएका छन् ।

कार्यक्रममा पत्रकार तथा जल तथा उर्जा उपभोक्ता महासंघका महासचिव केशव घिमिरेले उच्च बाँध बनाएर नेताहरुले कोसीलाई पुनः बेच्न लागेको बताए । घिमिरेले भने 'यहाका जनतालाई मार्ने षड्यन्त्र हो उच्च बाँध । यहाँ उच्च बाँध होइन, साना-साना बाँध बनाउनु पर्छ ।' गत वर्षसप्तकोसी बस्तीमा पस्नु प्राकृतिक प्रकोप नभइ भारतको लापरवाही मात्र भएको बताउदै घिमिरेले कोसी व्यारेजका ५२ वटै ढोका खुल्ला गरे नेपाली भू-भाग नडुब्ने समेत घिमिरेले दावी गरे ।

स्थानीय धनपति लिम्बूले पनि उच्च बाँध बनाउन आउनेलाई लखेट्नु पर्ने बताए । उच्च बाँध बने पर्ूर्वी क्षेत्र मरुमूमी बन्ने भन्दै स्थानीयवासीले सम्झाउँदा नमानी बाँध बनाउन आए हातखुट्टा भाँच्ने समेत चेतावनी दिएका छन् ।

साभार ः फास्ट टाइम दैनिक, २०६६

 

उच्च बाँध बनाउनको हातखुट्टा भाँच्छौं
बाबुराम कार्की

प्रकाशपुर, २ असारः उमेरले ६० नाघिसकेका उनी कार्यक्रमको लगभग अन्तिम वक्ता थिए । उनी पछाडि दर्ुइ र अगाडि ४ वक्ताले बालिसकेका थिए । उनको भाषण सुरु भयो 'सप्तकोसीमा उच्चबाँधको प्रसङ्गबाट । भाँती पुर्‍याएर बोल्न सिपालु धनपति लिम्बूलाई युवाहरुको कार्यक्रममा 'उच्च बाँध र युवाहरुका बारे'मा बोल्नु थियो । उनले धेरै जनाको भाषण सुनेर लखतरान भएका युवाहरुलाईएकाएक जोस्याए ।

आदिवासी जनजाति महासंघ प्रकाशपुर गाउँ एकाइका अध्यक्ष लिम्बूले युवाहरुको उच्च बाँधविरुद्धको प्रयासलाई
स्याबासी दिए । अनि कार्यक्रमका विशिष्ट अतिथि केशव घिमिरेले कार्यक्रमको प्रारम्भमै उच्च 'बाँधको असर र त्यसको प्रभाव' का बारेमा राखेको विषयलाई राम्ररी बुझेका रहेछन् । कार्यक्रमबाट हिडिसकेका विशिष्ट अतिथि घिमिरेतर्फइङ्गति गर्दै उनले 'त्यो नानीले उच्च बाँधको कुरा उठायो, तपाईं युवाहरु पनि यसरी लाग्नुपर्‍यो' भने । उच्च बाँध विरुद्ध उठेका आवाज देशभरी फैलनु पर्ने बताए ।

'नेताहरुको बोलिका ठेगाना हुँदैन । तिमी युवाहरुले आफ्नो भूमिकाको रक्षार्थ जे गर्दैछौ, त्यसलाई सबैले प्रशंसा र सहयोग गर्नुपर्दछ' लिम्बूले भने । लिम्बूले युवाहरुलाई थप हौस्याउँदै भने-'तिमीहरु अगि लाग म बूढो पनि त्रि्रो पछि लाग्छु । हिडन नसके घ्रि्रेरै भए पनि आउँछु तर तिमीहरु यो अभियान नछाड । तिमीहरु अघि लागे धेरै कुरा गर्न सकिन्छ'-प्रकाशपुर गाविसमा प्रधानमञ्च भइसकेका लिम्बूले भने ।

भारतीय राजदुत राकेश सुदले केही दिनअघि सप्तकोसी तटबन्धमा आएर 'कोसीको दर्ीघकालीन समाधान उच्च बाँध हो' भनेपछि प्रकाशपुरका युवाहरु उच्च बाँधविरुद्धको अभियानमा लागेका छन् । चार दिन पर्ूवमात्र युवाहरु संगठित भए । उनीहरुले उच्च बाँध विरुद्ध संगठित अभियान थाल्ने निधो गरेका थिए । त्यसका लागि मंगलबार आयोजित युवा भेलाका सहभागीहरुले कोसीमा अब भारतीय राज चल्न नदिने बताए । कार्यक्रमका अतिथि युचेप नेपालका अध्यक्ष रविन घिमिरेले उच्च बाँध बनाउँदा अन्तर्रर्ााट्रय विरोधबाट बच्न भारतले कोसीबाट आरक्ष क्षेत्र हटाउन भनेको बताए । 'संसारले असफल भयो भनेको उच्च बाँध हामीलाई थोपर्न खोजिदै छ, यो हाम्रा लागि मान्य हुँदैन'-उनले भने-'त्यसैले अब यसको अगुवाइ युवाले गर्नुपर्छ ।'

 

कार्यक्रमका विशिष्ट अतिथि फास्टका सम्पादक केशव घिमिरेले उच्च बाँधले नेपाली र्सार्वभौमिकता माथि धावा बोल्ने बताए । साथै त्यसका विरुद्ध लागेर मातृभूमिको रक्षा गर्न युवाहरु अग्रसर हुनर्ुपर्ने बताए । ५० वर्षअगाडिदेखिको योजनालाई भारतले पूरा गर्न खोज्दै छ, त्यसका लागि हामी रगतको खोलो बताउन तयार रहनु परे पनि पछि हटनु हुँदैन'-घिमिरेले भने । उनले अब सधैँभरि भारतको पछि लागी हिड्न सकिदैन, मातृभूमिको रक्षाका लागि वार कि पारको लडाइँ लड्न युवाहरु तयारी भएर बस्न आग्रह गरे । 'प्यालेस्टाइनले
मातृभूमिको रक्षाका लागि लडेको मुक्तियुद्धभन्दा ठूलो युद्ध नेपाली युवाहरुले भारत विरुद्ध लड्नु पर्ने हुन सक्दछ, तपाईहरु तयारीमा रहनुहोला'-घिमिरेले भने ।

कार्यक्रममा नेकपा माओवादी कोचिला राज्य समितिका सदस्य नरेन्द्र बस्नेतले युवा शक्तिलाई कम आँक्न नमिल्ने बताए । उनले 'युवाले चाहे भने धर्ती फुटाइ दिन सक्छन् । युवाहरुको चाहनामा आफू पनि साथ दिन तयार रहेको' बताए । कार्यक्रममा नेकपा एमालेका गाउँ उपसचिव दीपक लिम्बूले देश र समाजको विकासका लागि युवाहरुको आग्रसरता आवश्यक हुने बताए । विकास निर्माणमा युवाहरुलाई परिचालन गर्न सके देशको विकासमा मद्दत पुग्ने उनले बताए । साथै आफूहरुले गाविसमा युवा र अन्य क्षेत्रको विकासका लागि बजेट छुट्याएको बताए । कार्यक्रममा रामधुनी सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष सीताराम थापा र ज्ञानज्योति प्राथमिक विद्यालयका प्रअ कृष्णराज कोइरालाले पनि बोलेका थिए । सभापतिको आसनबाट प्रकाशपुर युवा जमातका अध्यक्ष प्रदिप र्राईले आफन्ो ठाउँ बचाउन र संरक्षण गर्न युवाहरु सक्षम भएको बताए ।

कार्यक्रमपछि आयोजित भेलाले प्रदिप र्राईको अध्यक्षतामा प्रकाशपुर युवा जमात गठन गरेको छ । समितिको उपाध्यक्षमा श्रीमती जानुका गुरुङ, सचिवमा पुस्तक र्राई, कोषाध्यक्षमा प्रेमनारायण अधिकारी र सदस्यहरुमा बोलवम माझी, सुवास कार्की, कविता गोले, सन्तोष लिम्बू, कल्पना लिम्बू, शेरबहादुर खड्का, विनोद अधिकारी र चक्र तिम्सिना छन् ।

साभार ः फास्ट टाइम दैनिक, २०६६ असार ४