कालीगण्डकी-ए बन्द हुने अवस्थामा

विकास थापा

काठमाडौं, ५ पुस-दैनिक १० घन्टा लोडसेडिङ खप्नुपरिरहेका बेला सबैभन्दा ठूलो कालीगण्डकी-ए (१४४ मेगावाट) विद्युत्गृह मर्मतसम्भार अभावमा जुनसुकै बेला बन्द हुने स्थितिमा पुगेको छ । कालीगण्डकीका तीन युनिटमध्ये पहिलो र तेस्रोमा समस्या आएको छ ।

नियन्त्रण कक्षको 'मनिटर' ले काम गर्न छाडेको विद्युत्गृहका प्राविधिकहरूले बताए । प्रत्येक युनिटले ४८ मेगावाटका दरले बिजुली उत्पादन गर्ने यस विद्युत्गृहमा कुनै पनि बेला समस्या आउन सक्ने मुख्य कार्यालयका सञ्चालन तथा सम्भार विभागका इन्जिनियरहरूले जनाए । प्राधिकरणले आप\mना सबै विद्युत्गृह, टनकपुर -भारतबाट आयात) र थर्मल प्लान्टबाट गरेर पनि ४ सय मेगावाट बिजुली पुर्‍याउन सकेको छैन । कालीगण्डकी बन्द भए लोडसेडिङ विकराल हुनेमा प्राविधिकहरूले सचेत गराएका छन् । विद्युत्गृहका इलेक्टि्रकल इन्जिनियर त्रिपुरारी सिंहले युनिटहरू सञ्चालन गर्ने 'प्रोग्रामेबल लजिक कन्ट्रोलर' -पीएलसी) र नियन्त्रण कक्षको कम्प्युटरबीच सन्देश आदानप्रदानमा समस्या आएको बताए ।

'कम्प्युटरले दिएको निर्देशन पीएलसीले पालना नगर्ने भएको छ र यसले गर्दा सञ्चालनमा ठूलो समस्या छ,' उनले शनिबार कान्तिपुरसित भने । उनका अनुसार युनिट नं. १ र ३ दिनर्ुपर्ने सूचना नदिएको, युनिटहरूमा के भइरहेको छ भन्ने जानकारी नपाएको र प्राविधिक समस्या पनि नदेखाएकाले समस्या आएको हो । 'यो अति महइत्वपर्ूण्ा यन्त्र हो,' उनले भने, 'यस्तो सञ्चार अभावमा विद्युत्गृह नै बन्द हुनसक्छ ।' कालीगण्डकीले साँझको अत्याधिक बिजुली खपत हुने समय -पिक आवर) मा ११० मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।अघिपछि अन्य समयमा पनि ६० देखि ६५ मेगावाटसम्म बिजुली उत्पादन हुँदै आएको केन्द्रका प्रमुख जुजुकाजी रञ्जितले बताए । यो विद्युत्गृहमा दिनभर पानी जम्मा गरेर बेलुकीका लागि ६ घन्टासम्म १४४ मेगावाट बिजुली उत्पादन गर्न सकिने सुविधा छ । प|mान्सको एलोस्टम कम्पनीले निर्माण गरेको यस उपकरण हरेक वर्षअद्यावधिक गर्दै लैजानर्ुपर्ने र नयाँ सप\mटवेयर समायोजन गर्दै सञ्चालन गर्नर्ुपर्नेमा त्यसो हुन नसकेकाले समस्या आएको उनले बताए ।

यो समस्या समाधान गर्न निर्माता प|mेन्च कम्पनीका प्राविधिकहरूलाई झिकाउनर्ुपर्ने हुन्छ । यसका लागि प्राविधिक र वित्तीय प्रस्ताव प्राधिकरणको उपल्लो निकायमा सिफारिस गरिएको तर कार्यान्वयन नभएको केन्द्र प्रमुख रञ्जितले बताए । उनले प|mेन्च प्राविधिकलाई विद्युत्गृहमा ल्याएर मर्मत गराउने, स्पयेर पार्टस् खरिद गर्ने र निर्माता कम्पनीमै प्राधिकरणका इन्जिनियरलाई तालिममा पठाउनेसहितको प्रस्ताव गत भदौमै केन्द्रमा पठाइएको जनाए । विद्युत्गृह सञ्चालनसम्बन्धी नियन्त्रण सुरक्षाका सबै सूचना उपलब्ध गराउने दर्ुइ मनिटर पनि समस्याग्रस्त छन् । मनिटरमा हेरेर विद्युत् उत्पादनसम्बन्धी सम्पर्ूण्ा सञ्चालन कार्यमा ठूलो समस्या आएको इन्जिनियर सिंहले बताए । उनले भने, 'हामी ठूलो जोखिम लिएर बसेका छौं ।' मर्मतका लागि आवश्यक पार्टपर्ुजाको भण्डार पनि रित्तिएको रञ्जितले जनाए । पार्टपर्ुजाका लागि मात्र १ करोड ३७ लाख रुपैयाँ खर्च लाग्छ । यसको स्वीकृति पनि केन्द्रमा अडकिएको छ । त्यस्तै सधैंभरि विदेशी प्राविधिक बोलाएर विद्युत्गृह मर्मत गर्नुभन्दा प्राधिकरणकै इन्जिनियरलाई निर्माता कम्पनीमा तालिम दिन गरिएको प्रस्ताव पनि टुंगो लागेको छैन । तालिमका लागि १ करोड ८० लाख खर्च लाग्ने प्रस्तावमा उल्लेख छ । स्रोतअनुसार प्राधिकरणले पार्टपर्ुजा र तालिमका लागि धेरै खर्च लाग्ने भएकाले उपलब्ध गराउन नसकेको हो

साभारः कान्तिपुर दैनिक, २०६५ पौस ४