परामर्शदाता नै ठेकेदार

विकास थापा

काठमाडौं, ७ मंसिर-चमेलिया जलविद्युत् आयोजनाको इलेक्ट्रो मेकानिकल तथा प्रसारण लाइन निम्ति टेन्डर भरेकै ठेकेदार कम्पनीले संशोधित लागत तयार गरेको तथ्य फेला परेको छ । सुरुको भन्दा झन्डै डेढ करोड अमेरिकी डलर अनुमानित लागत पुर्‍याउने काम कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर -केएचएनपी) ले गरेको हो । यही केएचएनपीले यो लटका लागि बिनाप्रतिस्पर्धा टेन्डर हालेको छ ।

दार्चुलामा निर्माणाधीन चमेलिया -३० मेगावाट) आयोजनाका लागि दक्षिण कोरियाली सरकारले नेपाललाई ४ करोड ५० लाख अमेरिकी डलर ऋण दिएकाले इलेक्ट्रो मेकानिकल र प्रसारण लाइन निर्माणको ठेक्का पनि नेपालीलाई साझेदार बनाई कोरियाली कम्पनीले मात्र पाउनर्ुपर्ने र्सत छ । यो ऋण रकमलाई सरकारले वाषिर्क ८ प्रतिशत ब्याज लिने गरी प्राधिकरणलाई दिएको छ ।

तीन करोड अनुमान गरिएको यो लट लागत एक वर्षछि करिब साढे चार करोड पुर्‍याइएको थियो । केएचएनपीले अर्काे प्रतिस्पर्धी कम्पनी सामसुङसँग मिलेमतो गरी अनुमानित लागतभन्दा झन्डै ५८ लाख अमेरिकी डलरमा टेन्डर हालेको छ ।

यो कम्पनीको प्राविधिक प्रस्ताव मँल्यांकन भइरहेको छ । केही यही महिनाभित्र यसको वित्तीय प्रस्ताव पनि खोलि“दैछ । लागत संशोधन गर्दा टेन्डर हाल्ने कम्पनीकै परामर्शदाता राखेर गरिएको कान्तिपुरलाई प्राप्त विभिन्न पत्रका विवरणबाट देखिन्छ । सन् २००७ सेप्टेम्बरमा इलेक्ट्रो मेकानिकलको लागत संशोधन गर्ने मिसनमा केएचएनपीका तर्फबाट हिओनचुल जुङ सहभागी थिए । मिसनमा जुङसहित एक्जिम बैंकका महानिर्देशक किह र्‍योङ चुङ र वरिष्ठ प्रबन्धक नाम चेवोल हु थिए । लागत स्वीकृत गर्नुअघि मिसनले अर्थ, जलस्रँेत र कानुन मन्त्रालयका प्रतिनिधि र विद्युत् प्रँधिकरणका पदाधिकारीस“ग कुरा गरेको थियो ।

सरकारले आयोजनाको लागत संशोधन गरेर ऋण रकम थप्न इक्जिम बैंकलाई पत्राचार गरेपछि मिसन गठन भएको थियो । मिसनले लागत संशोधन गरेर यो लटका लागि साढे चार करोड डलर ऋण दिन सहमत भएको हो । अर्थ मन्त्रालयले १० मार्च २००६ मा काठमाडौंस्थित कोरियाली दँतावासलाई चमेलियाको इलेक्ट्रो मेकानिकल र प्रसारण लाइन निर्माणका लागि २ करोड ५० लाख अमेरिकी डलर बराबरको कम ब्याज पर्ने ऋण सहयोगका लागि पत्राचार गरेको थियो ।

चमेलियाको यो लटका लागि कोरियाकै हुर्न्र्डइ इन्जिनियरिङ कम्पनीले लागत अनुमान तय गरेको आधारमा मन्त्रालयले तकालीन राजदँत पार्क साङ हुनलाई पत्र पठाएको थियो । पत्रमा त्यतिखेर आयोजनाको कुल लागत ७ करोड ८८ लाख डलर पर्ने उल्लेख थियो । हाल यसको लागत ९ करोड ९० लाख डलर छ । अन्तर्रर्ााट्रय बजारमा पेट्रोलियम, फलाम तथा स्टिलजस्ता निर्माण सामग्रीको भाउमा उल्लेखनीय रूपले कमी आएकाले चमेलियाको लागत पनि संशोधन हुनर्ुपर्ने देखिन्छ । प्राधिकरणका एक अधिकारीका अनुसार यसको पुनः टेन्डर भएमा अहिलेको अनुमानित लागतमा २० प्रतिशतले कमी आउनेछ । चमेलिया आयोजना

साभारः कान्तिपुर दैनिक ८ मंसिर २०६५