चमेलियागाडको बोलपत्र रद्द गराउने चलखेल

नेपाल समाचारपत्र (काठमाडौँ)
नेपाल विद्युत् प्राधिकरणले चमेलियागाड जलविदुत आयोजनाको हाइड्रोमेकानिकल, इलेक्ट्रल मेकानिकल, प्रसारणलाइन तथा सबस्टेशन -उपकरण प्याकेज) बनाउन परेको आर्थिक प्रस्ताव खोल्न ढिलाइ गरिरहेका बेला बोलपत्रमा भाग नलिएका केही कम्पनीले सो बोलपत्र रद्द गरेर पुनः आहृवान गराइ अनुमानित लागतभन्दा धेरै बढी दरभाउमा ठेक्का लिने प्रयास गरिरहेकेा खुलासा भएको छ ।

यो ठेक्का रद्द गराएर सिभिल ठेकेदार चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी -सीजीजीसी) लाइ करोडौँ रुपियाँ दावीको वातावरण बनाउने समेत प्रयास भइरहेको छ । कोरियाको सामसुङ र डेऊ कम्पनीले यो प्रस्ताव तुहाएर पुनः बोलपत्र आहृवान गर्न लगाइ बढी दरभाउमा ठेक्का आफ्नो पक्षमा पार्न कोरिया सरकार तथा प्राधिकरणलाइ दबाब दिन थालेको प्राधिकरण उच्च स्रोतले नेपाल समाचारपत्रलाइ जानकारी दियो ।

प्राधिकरणले चमेलियाको उपकरण प्याकेज निर्माणका लागि गएको सेप्टेम्बरमा ६४ दिनको म्याद दिएर दुइखाम पद्दतिमा आर्थिक र प्राविधिक बोलपत्र आहृवान गरेको थियो । सो बोलपत्रको आधा फारम आधा दर्जन कोरियाली कम्पनीले खरिद गरेपनि अन्त्यमा कोरिया हाइड्रो एण्ड न्यूक्लियर पावर कम्पनी लिमिटेड (केएचएनपी) ले मात्र मागबमोजिम दुइवटा छुट्टाछुट्टै खाममा प्राविधिक एवं आर्थिक बोलपत्र प्राधिकरणमा बुझाएको थियो । केएचएनपीको प्राविधिक प्रस्ताव खोलिसकेको र आर्थिक प्रस्ताव भने खोल्न बाँकी रहेको छ।

सेप्टेम्बरमा आहृवान गरिएको बोलपत्रमा सामसुङ र डेउले बोलपत्र डकुमेन्ट खरिद गरेकोमा आयोजनाको स्थलगत भ्रमण गरेपछि अनुमानित लागतभन्दा आफ्नो दरभाउ निकै बढी हुने देखेर ठेक्कामा भाग लिएनन् । कोरियाली सरकारको पर्ूण्ा स्वामित्वको केएचएनपीले आफ्नो सरकारको सहयोगमा सम्पन्न हुन लागेको चमेलिया आयोजनालाइ सफल बनाउन प्राधिकरणको अनुमानित लागतअनुसारकै दरभाउ राखी टेण्डरमा भाग लिएको विश्वास गरिएको छ ।

केएचएनपीको आर्थिक प्रस्ताव खोलिएमा बढी दरमा ठेक्का लिने आफ्नो योजना असफल हुने देखेपछि सामसुङ र डेउले जसरी भएपनि सो आर्थिक प्रस्ताव अनुमानित लागतभन्दा धेरै बढी भएको तर्क गरिरहेको स्रोतले बतायो । प्रतिस्पर्धा गर्न नसकेपछि यी कम्पनीले केएचएनपीलाइ नेपालमा कुनै पनि ठेक्का र आयोजनामा भाग लिन नदिने कोरियाली सरकारलाइ दबाब पनि दिइरहेको बुझिएको छ ।

साभारः नेपाल समाचारपत्र, २०६५ पौष १४